पदम वहादुरको तरकारी खेती बाटै मनग्य आम्दानी

हीम सिजापति दैलेख,

दुल्लु नगरपालिका वडा नं. ३ सियाला निवासी पदम बहादुर साँवद हिजो आज आफ्नो तरकारी बारिमा निकै ब्यस्त देखिन्छन् । पहिला आफै खानका लागी मात्र तरकारी लगाउने साँवदले मष्टा नारायण ताजा तरकारी उत्पादन समुह गठन गरी व्यवसायीक रुपमै तरकारी खेती सुरु गरेका सावद व्यवसायीक रुपमा तरकारी खेती सुरु गरेपछि अहिले तरकारीबाटै मनग्य आम्दानी गर्ने कृषकका रुपमा परिचित छन् ।

विगतमा आफ्नो खानका लागी मात्र तरकारी उत्पादन गर्ने यहाँका कृषकहरुले अहिले उत्पादन गरेको तरकारी दैलेख सँगै सुर्खेत, कालिकोट, जुम्ला लगाएत बुटवल सम्म पठाउने गरेको जानकारी दिदै र सियालाको तरकारीको माग पनि बढे पछि आफुहरु खुसी भएको कृषकहरु बताउँछन् । आजभोली सावदसँगै यहाँका अन्य कृषकको बारीमा मौसमी तथा बेमौसमी तरकारी टमाटर, अकबरे खुर्सानी, सिमी, केराउ, आँप, केरा, अलैची, लटरम्मै फलेको छ । साँवदले हाल १५ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । विगतका दिनमा ४ जनाको परिवार समेत पाल्न धौ धौ हुने सावदको परिरावर अहिले व्यवसायीक रुपमे तरकारी खेती गर्न थालेपछि घरपरिवारको बार्षिक खर्च कटाएर बार्षिक ६ लाख बढि आम्दानी गर्छन् । यस वर्षमात्र साँवदले १ सय ३० क्वीन्टर प्याज उत्पादन गरेका थिए प्रति केजी ३० का हिसावले पनि चानचुन ३ लाख ९० हजार जति आम्दानी गरेँ, टमाटरका २ सय ६ वटा बोट बाट १६४८ केजी टमाटर उत्पादन भई विक्र पनि गरि सकेँ, १० हजार बुटा अकबरे खुर्सानीको बेर्ना तयार छ एउटा बुटा खुर्सानीबाट ३ केजी उत्पादनका दरले ३० हजार केजी खुर्सानी मात्र विक्री पछि ६ लाख बढि आम्दानी गर्ने योजना यस वर्ष रहेको उनी बताउँछन् । बाख्रा पालनबाट मात्र उनले बार्षिक ५०÷६० हजार आम्दानी गर्ने गरेका छन् । यति मात्रै हैन उनको घरमा ५÷६ घार मौरी पनि पालेका छन् ।
वाम्पी हेल्भेटास सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सिचाईको लागि पोखरी निर्माण र सिप्रेडले दिएको ताजा तरकारी उत्पादन तालिम पश्चात व्यवसायीक रुपमा तरकारी खेती गर्न हौसीयका साँवद प्याज मात्र बेचेर बार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गर्दछन् । “केहि बर्ष अघि देखी लिंक हेल्भेटासले कृषक व्यवसायी पाठशाला सुरु भएपछि बजारीकरणमा सहज हुँदा उद्यमशिलतामा विकास भई बजारमा तरकारी विक्री वितरणमा समेत सहयोग भएको कृषक साँवद बताउँछन् ।” समयक्रम अनुसार अहिले उच्च मुल्यु कृषि वस्तु विकास आयोजना लगायत विभिन्न निकायको सहयोग सँगै तरकारी उत्पादनमा बृद्धि भएपछि सियालाका कृषकहरुले तरकारी बजारीकरणका लागी वजार व्यवस्थापन समिति समेत गठन गरी जिल्ला कृषी विकास कार्यालयमा दर्ता समेत गरेका छन् ।

विहान साँझ दिउँसो समय अनुसार पोषण युक्त खानेकुरा आफ्नै बारीमा उत्पादन भईरहेको छ । चाहेको र मन लागेको पोषीलो खानेकुरा खाईरहेका छौँ । रोजगारका लागी विदेसीनु परेको छैन” साँवदको भनाई । खाद्यान्न बाली होईन तरकारी खेती गर्नु पर्छ भन्दै सबैको घरदैलोमा पुग्न र सबैलाई सफल कृषक बनाउने उनको लक्ष्य रहेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*