अखिल बनाउने नविनाका सात योजना

म अनेरास्ववियुको अध्यक्ष निर्वाचित भएपछि पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भयो । बैठक भव्य ढंगले सम्पन्न भयो । बैठकमा विचारको बहस भयो, गहन छलफल भयो । सबै कमरेडहरुले गहन ढंगले आफ्ना कुराहरु राख्नुभयो । बैठकमा प्रस्तुत भएको प्रतिवेदनलाई सबैले उत्कृष्ट भन्नुभयो । प्रतिवेदन सर्वसम्मत ढंगले पारित भयो । सांगठनिक प्रतिवेदन, विधान प्रतिवेदन पनि सर्वसम्मत रुपले पारित भए ।

‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ आगामी दिनमा अनेरास्ववियुलाई अझ एकतावद्ध बनाएर लैजान त्यसले बैठकले सहज बाटो देखाएको छ । यसले ममाथि अझ ठूलो जिम्मेवारी थपेको महशुस भएको छ । हामीले बैठकबाट केही योजना अघि सारेका छौँ । मैले सधैँ भन्दै आएकी छु ।

‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ आगामी दिनमा अनेरास्ववियुलाई अझ एकतावद्ध बनाएर लैजान त्यस बैठकले सहज बाटो देखाएको छ ।

संगठन स्थायी हुन्छ, हाम्रो पद र जिम्मेवारी अस्थायी हुन्छ । पदमा रहुन्जेल जति राम्रो काम गर्न सकिन्छ, त्यसको प्रशंसा पदबाट विदा लिएपछि पनि हुन्छ । पदमा रहँदा संगठनलाई भन्दा आफुलाई केन्द्रमा राखियो भने त्यो अस्थायी हुन्छ । त्यसैले म सकेसम्म राम्रा काम गर्ने र धेरै राम्रा काम गर्न नसके पनि नराम्रा काम नगर्ने आत्मविश्वासका साथ अघि बढेकी छु ।

निश्चितै रुपमा अध्यक्ष भएपछि आफ्नो कार्यकाल कसरी सफल बनाउने भन्ने बारेमा सबैले सोचेकै हुन्छन् । मैले पनि अनेरास्ववियुलाई अझ रहरलाग्दो र भरलाग्दो बनाउन केही योजना अघि सारेकी छु । हरेक यात्राको सुरुवात पहिलो पाइलाबाटै हुन्छ । हो, योजना पनि त्यस्तै हो, सपना नदेख्नेले सपना पनि पूरा गर्न सक्दैनन् । मैले मेरो कार्यकालमा अनेरास्ववियु कस्तो बनाउने, अनेरास्ववियुले के–के योजना पूरा गर्ने भन्ने केही ‘प्लान’ बनाएकी छु ।

मध्यान्हको राजधानीको घाँम–पानी मौसममा बागबजारको एक होटलमा नविनाले कालो चियाको र पहिलो न्युजका प्रतिनिधीले सेतो चियाको सुर्की तान्दै करिब आधा घण्टा वितायौँ । काभ्रेबाट राजनीति थालेर राजधानीको राजनीतिलाई चुनौती दिएकी अनेरास्ववियु अध्यक्ष नविना लामाले अखिल बनाउने योजनाको पन्तुरो यसरी खोलिन् ।

एक जिल्ला एक पुस्तकालय

हरेक संगठन वा पार्टीका नेता–कार्यकर्ता विचारबाट प्रशिक्षित भएनन् भने त्यो संगठन वा पार्टी बैचारिक बन्न सक्दैन । त्यहि कुराको महशुस गरेर अनेरास्ववियुले हरेक जिल्ला–जिल्लामा स्कूल सञ्चालन गर्ने तयारी गरेको छ । अहिले हामी सात प्रदेशको संघीय संरचनामा अघि बढेका छौँ ।

‘एक जिल्ला एक पुस्तकालय’ को अवधारणा अघि सारेका छौँ । यो वर्ष भित्र सकेसम्म यो योजना पूरा गर्ने गरी अनेरास्ववियु लाग्ने छ ।

त्यसैले अनेरास्ववियुले पहिलो चरणमा सात प्रदेशलाई केन्द्रित गरेर हरेक प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने खाका तयार गरेको छ । अनेरास्ववियुका हरेक नेता–कार्यकतामा पढ्ने बानीको संस्कार विकास होस् भन्नका लागि ‘एक जिल्ला एक पुस्तकालय’ को अवधारणा अघि सारेका छौँ । यो वर्ष भित्र सकेसम्म यो योजना पूरा गर्ने गरी अनेरास्ववियु लाग्ने छ ।

रातोघर पुस्तकालय

रातोघरको इतिहास निकै गौरवपूर्ण छ । त्यो इतिहास जोगाइराख्न अनेरास्ववियुले शाह बंशको अन्त्यको साक्षी बनेको रातोघरमा पुस्तकालय निर्माण गर्ने घोषणा गरेको छ । अहिले रातोघरको साक्षी बनेर बसेको रातोस्तम्भ भएकै ठाउँमा पुस्तकालय निर्माणका लागि घर बनाउने योजना अनेरास्ववियुको छ । त्यो काम मेरै कार्यकालमा पूरा गर्ने योजना छ । रातोघर पुस्तकालय सबै प्रगतिशील विद्यार्थीहरुको साझा चौतारी बन्ने छ । विश्वका धेरै मुलुकका प्रगतिशील विद्यार्थीहरु पनि रातोघर पुस्तकालय खोज्दै नेपाल आउने छन् ।

सरकारी र निजी स्कूल–कलेजको विभेदको अन्त्य

अहिले सरकारी र निजी स्कुल–कलेजबीचको विभेदको खाडल निकै गहिरो बनेको छ । यो खाडल अन्त्यका लागि केही विधेयक बनेका र पारित भएका छन् । यो गौरवको कुरा हो । त्यसको व्यवहारिक कार्यान्वयका लागि अनेरास्ववियु तन–मन दिएर लाग्ने छ ।

शैक्षिक गुणस्तर वृद्धिका लागि पनि अनेरास्ववियु तन–मन दिएर लाग्ने छ । बजेटमा शिक्षासम्बन्धि जति कुराहरु समावेश भएका छन् । ती सबैको कार्यान्वयनमा अनेरास्ववियु लाग्ने छ । निजी शैक्षिक संस्था सञ्चालनका नाममा भएको नाफाखोरी संस्कारको अन्त्यका लागि अनेरास्ववियु लाग्ने छ । त्यसका लागि दवावपूर्ण आन्दोलन अनेरास्ववियुले गर्नेछ ।

अनेरास्ववियुले सरकारी स्कूल–कलेज सुधार अभियान सुरु गरेको छ । मेरो कार्यकालमा अनेरास्ववियुको टीम नै यसका लागि लाग्ने छ ।

हामी अहिले संवृद्धिका कुरा गरिरहेका छौँ । संवृद्धिका लागि शिक्षामा सर्वाङ्र्गिण विकास आवश्यक छ । त्यसका लागि अनेरास्ववियुले सरकारी स्कूल–कलेज सुधार अभियान सुरु गरेको छ । मेरो कार्यकालमा अनेरास्ववियुको टीम नै यसका लागि लाग्ने छ ।

साक्षरता वृद्धिमा अनेरास्ववियुको अभियान

हरेक देशका नागरिक शिक्षित हुनुर्पछ । जुन देशका जनता बढी साक्षर छन् । ती देशमा शिक्षा, स्वास्थ्यको पहुँच पुगेको हुन्छ भने रोजगारीका अवसरहरु पनि प्रसस्त सिर्जना भएका हुन्छन् । महिलामाथि हुने विभेदको अन्त्यका लागि पनि साक्षरता दर वृद्धि हुनु अनिवार्य छ ।

अहिले तराई–मधेसका केही जिल्लाको अवस्था हेर्ने हो भने निकै दयनीय छ । देशका अन्य कुना–काप्चाको अवस्था पनि त्यस्तै छ । हामी राजनीतिक परिवर्तनका मुद्धामा बढी केन्द्रित भयौँ । तर, आर्थिक संवृद्धि शिक्षा, स्वास्थ्य जस्ता कुरामा हाम्रो ध्यान जान सकेन ।

रोजगारीका अवसर सिर्जना गर्ने कुरामा पनि हामी पछि पर्दै आयौँ । अब अनेरास्ववियु ती मुद्धालाई बोकेर अघि बढ्ने छ । अनेरास्ववियु प्रत्येक अविभावकको घरमा पुगेर साक्षर अभियान सञ्चालन गर्ने योजनासहित अघि बढेको छ । अनेरास्ववियुले त्यसका लागि तीन महिने अभियान सञ्चालन गरेको छ ।

अनेरास्ववियु प्रत्येक अविभावकको घरमा पुगेर साक्षर अभियान सञ्चालन गर्ने योजनासहित अघि बढेको छ । अनेरास्ववियुले त्यसका लागि तीन महिने अभियान सञ्चालन गरेको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ‘लोन’

बजारमा हरेक बस्तुको मूल्यवृद्धि हुन्छ । सुनको भाउ वृद्धि हुन्छ । तर, हामीले अध्ययन गरेको प्रमाणपत्रको मूल्य कतै हुँदैन । यो भन्दा विढम्बना के हुनसक्छ रु अनेरास्ववियुले यहि कुराको महशुस गरेर शैक्षिक प्रमाणपत्र धितो राखेर ‘लोन’ लिने व्यवस्था गराउन सरकारलाई बाध्य बनायो ।

एमाले नेतृत्वकै सरकार र अर्थमन्त्री पनि एमालेकै भएकाले बजेटमा पनि त्यो कुरा समावेश गराउन अनेरास्ववियु सफल भयो । अब त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ठूलो चुनौती छ । अनेरास्ववियु त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्नेछ । यो एजेण्डा बोकेर अनेरास्ववियु अघि बढ्ने छ ।

विद्यार्थी आन्दोलनको अगुवा संगठन अनेरास्ववियु हो भन्ने सन्देश हामी दिन्छौँ । अब पढे–लेखेका युवाले कतार, मलेसिया, साउदी धाएर प्रचण्ड गर्मीमा जोतिनु पर्ने र पसिना पुछ्दै नेपाल सम्झेर रुनु पर्ने दिनको अन्त्य गर्न अनेरास्ववियु लाग्ने छ । घर–घरमा रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउन अनेरास्ववियुले सरकारलाई निरन्तर दवाव दिने छ ।

अब पढे–लेखेका युवाले कतार, मलेसिया, साउदी धाएर प्रचण्ड गर्मीमा जोतिनु पर्ने र पसिना पुछ्दै नेपाल सम्झेर रुनु पर्ने दिनको अन्त्य गर्न अनेरास्ववियु लाग्ने छ ।

गरिबीका कारण अध्ययन गर्न नसक्ने विद्यार्थीहरुलाई अध्ययनका लागि उचित वातावरण निर्माण गर्ने अभियानमा पनि अनेरास्ववियु लाग्ने छ । ज्ञान भएका पैसा नभएका युवालाई प्रमाणपत्रका आधारमा पढ्ने वातावरण निर्माण गर्न अनेरास्ववियु लाग्ने छ । शैक्षिक वेरोजगार अन्त्यका लागि पनि अनेरास्ववियु लाग्ने छ ।

राष्ट्रियता बचाउ अभियानमा अनेरास्ववियु

अहिले राष्ट्रियता संकटमा पर्दै गएको छ । नेपालबाट तराई अलग गर्नेसम्मका राष्ट्रघाती अभिव्यक्तिहरु बाहिर आउन थालेका छन् । यो राम्रो कुरा होइन । छिमेकी मुलुक भारतले मैत्रीपूर्ण संविधानलाई विभिन्न आरोप लगाएर नेपालमाथिको हस्तक्षेपलाई अझ नाङ्गो ढंगले बढाएको छ ।

नेपालको राष्ट्रियतालाई भारतले खेलौनाका रुपमा लिएको छ । यो गलत छ । नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेपको अनेरास्ववियुले खुलेर विरोध गर्ने छ । अनेरास्ववियु राष्ट्रियताको पहरेदार हो । राष्ट्रिय स्वाधिनताको रक्षा,राष्ट्रिय एकता, देशभक्तिपूर्ण भावनाको विकासमा पनि अनेरास्ववियु लागि पर्ने छ । देश भित्रका सबै नागरिकबीच धर्म, संस्कृतिबीच हार्दिकता र एकता बढाउने काममा पनि अनेरास्ववियु लाग्ने छ ।

‘सुखी नेपाली संवृद्ध नेपाल’ निर्माणको नारालाई सार्थक बनाउन हामी सबै लाग्न जरुरी छ । त्योसँगै मेरो कार्यकालमा अनेरास्ववियुको आफ्नै भवन निर्माण गर्ने योजना अघि बढ्ने छ

स्ववियु निर्वाचन र अनेरास्ववियुको आफ्नै भवन

अनेरास्ववियु अब भाषण र नारामा होइन काममा विश्वास गर्ने संगठनका रुपमा अघि बढ्ने छ । हामीले धेरै भाषण गर्यौँ । अब काम गर्ने हो । नाराले मात्र देश संवृद्ध बन्दैन । ‘सुखी नेपाली संवृद्ध नेपाल’ निर्माणको नारालाई सार्थक बनाउन हामी सबै लाग्न जरुरी छ । त्योसँगै मेरो कार्यकालमा अनेरास्ववियुको आफ्नै भवन निर्माण गर्ने योजना अघि बढ्ने छ ।

यसका लागि अनेरास्ववियु योजना बनाएर अघि बढ्ने छ । त्योसँगै लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन यो पटक जसरी पनि गर्ने गरी गरी अनेरास्ववियुले अगुवाईको भूमिका निर्वाह गर्ने छ । यो पटक पनि निर्वाचन भएन भने विद्यार्थी आन्दोलन नै संकटमा पर्ने सम्भावना हुन्छ । त्यसैले यी र यस्ता काम कार्यान्वयनमा म र मेरो टीम लाग्ने छ .

स्रोत -पहिलो न्यूज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*