कार्यक्रमको प्रभावकारीता मुल्याङ्कन गर्दै .ं डब्लुएफपी

दैलेखखवर समाचारदाता

३२ जेठ । विश्व खाद्यकार्यक्रमको सहयोगमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारीता मुल्याङ्कन गर्न विश्वखाद्य कर्यक्रमको टोली जिल्ला पुगेको छ ।
कार्यक्रम अन्तरगत संचालन भएका पौष्टिक आहार, विद्यालय शिक्षा, विद्यालय सरसफाई लाएतका कार्यक्रमको प्रभावकारीता मुल्याङ्कन गर्न टोली जिल्लाका विभिन्न विद्यालयमा पुगेको छ । विद्यार्थीलाई खाजा अन्तरगत वितरण गरिने पोष्टिकआहार विद्यालयले सहिढंगले वितरण गरेको छ छैन भन्दै टोलीले विद्यार्थी, अभिभावक र शिक्षक संग सोधपुछ गर्दै अनुगमन गरिरहेको बताइएको छ । टोलीले अनुगमनका क्रममा वितरण प्रक्रिया राम्रो भएका भन्दै प्रसंसा समेत गरेको विद्यालय निरिक्षक धिरेन्द्र सर्माले जानकारी दिए । जिल्लामा सञ्चालित कार्यक्रममा सरोकारवाला सबै निकायको सहयोग रहेको र कार्यक्रम प्रति जिल्लाबासीको अपनत्व टोलीले अनुगमनका क्रममा पाएको शर्माले जानकारी दिए । 1
विद्यार्थीलाई पौष्टिकआहार, सिकाईको उच्च गुणस्तर बनाउन दिइएका झण्डै एक हजार नौ सय उन्पचास शैक्षिक सामग्रीहरु प्रयोग, द्यालयमा विद्यार्थीलाई स्वास्थ्य सम्वन्धी हात धुने तरिका, विद्यालय घर आगन सरसफाई सम्वन्धी कार्यक्रम प्रभावकारी भएको छ वा छैन भन्नेबारे अनुगमन गरेको थियो । शिक्षाका लागी खाद्य परियोजनाका निर्देशक विष्णु बहादुर द्धारले विद्यालयले हरेकगतिविधीहरु सोचभन्दा राम्रो र प्रभावकारी काम गरेको भन्दै विद्यालयका शिक्षक र व्यवस्थापन समितीको प्रसंसा गरेका छन् । दैलेख जिल्लाको दुई वटा नमुना विद्यालयमा पुग्ने क्रममा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा हरेक क्षेत्रमा नमूना भएको अनुगमन टोलीले बताएको छ ।
विदयाथीहरुका लागी दिवा खाजाको व्यवस्था ,पानीको व्यवस्था हात धुने रुमालको व्यवस्था,खेलकुदका सामग्री,सांस्कृतिक कार्यक्रमका सामग्री र विद्यालय सफा र सुन्दर देख्दा आफुलाई गर्भ लागेको र शिक्षा मन्त्रालयका उपसचिव दिपक शर्माले बताए .

 4यसैक्रममा जनता प्राथमिक विद्यालय खगेनामा शिक्षाका लागी खाद्य कार्यक्रमको अनुगमन,एकृकित विकास समाज नेपाल र प्रारम्भिक कक्षा पढाई कार्यक्रमको संयुक्त अनुगमन भएको छ ।  अनुगमनका लागी विश्व खाद्य कार्यक्रम परियोजनाका निर्देशक विष्णु बहादुर द्धारे,शिक्षा मन्त्रालयका उपसचिव दिपक शर्मा एनिसेन्डा एस म्याकोम्याक कार्यक्रम विश्लेषक युस.एस.डेस,विश्व खाद्य कार्यक्रम कार्यक्रमकी शिक्षा प्रमुख ममता गुरुङ्ग,विद्यालय निरिक्षक धिरेन्द प्रसाद शर्मा,नेपाल प्रत्रकार महासंघका अध्यक्ष नमन शाही,  र्माकोटस्रोतकेन्द्रका स्रोतव्यक्ति बम बहादुर रावत सेवक दैलेखका महारुप खत्री ,एकृकित विकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनाल,प्रारम्विक कक्षा पढाई कार्यक्रमका कार्यक्रम अधिकृत प्रमोद कुमार विष्टको टोलीले अनुगमन गरेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*