पुल निर्माण पछि अछाम दैलेख यात्रा सहज

३२ जेठ , दैलेख । दैलेख स्थित राकम कर्णालीमा निर्माणाधीन कर्णाली नदीको पुल निर्माण सम्पन्न भएसँगै दैलेख र अछामको यातायात यात्रामा सहजता आएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको पश्चिम खण्ड अन्तर्गत दैलेख र अछाम जोड्ने कर्णाली नदीको पुल निर्माण भएपछि मध्येपश्चिम र karnali-pul-768x432सुदुरपश्चिमको यात्रामा सहजता आएको भन्दै दुबै क्षेत्रका सर्बसाधारण खुशि भएका छन् । नदीको दैलेख तर्फको भाग डिजाइन परिर्वतन गरेपछि पुल निर्माणको काम सम्पन्न भएको हो निर्माण कम्पनिले जानकारी दिएको छ ।
राष्ट्रको मुलप्रवाहमा सुदूरपश्चिमलाई जोड्ने एक मात्र विकल्पको रुपमा रहेको कर्णाली चिसापानी पुल रहेकोमा अब देखि राकम कर्णाली पुल तयार भए सँगै दोस्रो पुल पनि बनेको छ । पुल निर्माण सँगै छैटौ प्रदेश र सातौ प्रदेशका पहाडी जिल्लालाई सडक मार्गमा जोड्ने छ । यो पुलको अभावमा अछाम बाजुरा र पुग्नका लागि कर्णाली चिसापानी भएर डोटीबाट लामो दूरी पार गर्नुपर्ने अवस्था थियो । राकम कर्णालीमा बनेको पलले अहिलेको दुई प्रदेश विचको दूरी छोट्याएको छ ।
राकम कर्णाली पुल बनेपछि कोहलपुर भएर धनगढी हुँदै अछाम पुग्न र कोहलपुर भएर दैलेख राकम कर्णाली हुँदै अछाम पुग्न २ सय २० किलोमिटर दूरी कम हुने भएको पुष्पलाल (मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड) दाङका इन्जिनियर तुलाराम शर्माले जानकारी दिएका छन् ।

कोहलपुर भएर धनगढी हुँदै अछाम मंगलसेन पुग्न ४ सय ६० किलोमिटर दुरी पार गर्नु पर्ने र कोहलपुर भएर सुर्खेत हुँदै दैलेख राकम कर्णालीबाट अछाम मंगलसेन पुग्न २ सय ४० किलोमिटर दूरी पार गर्नु पर्ने इन्जिनियर शर्माले जानकारी दिए ।

दैलेखको जाक्सी र अछामको बेलखेत जोड्ने २ सय मिटर लामो पुल भ्याट बाहेक १९ करोड ८४ लाख ६३ हजारको लागतमा सम्पन्न भएको पुष्पलाल(मध्यपहाडी लोक मार्ग पश्चिम खण्ड) दाङका सिनियर डिजिनल इन्जिनियर नारायण न्यूरेले बताएका छन् ।

२०० मिटर मध्ये १ सय २७ मिटर पक्की र ७५ मिटर ट्रस रहेको छ । १७ करोड लागतमा ३ वर्ष्भित्र निर्माण पूरा गर्नुपर्ने भए पनि कडा चट्टान, भएका कारणले निर्धा्रित समयमा सम्पन्न हुन सकेको थिएन ।

मध्यपहाडी राजमार्ग सुचारु भएपछि पिछडिएको त्यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल नहुँदा अहिलेसम्म दैलेख अछामबीच यातायात सम्पर्क जोडिएको थिएन ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*