प्रदेश कमिटी बनाउन एमालेमा तीन विकल्प

१ असार । नेकपा एमालेले प्रदेश संगठन कमिटी गठनका लागि तीन विकल्पमा केन्द्रित रहेर छलफल अघि बढाएको छ । केन्द्रीय संगठन विभागले कमिटी गठनका लागि ती विकल्प छलफलका लागि प्रस्ताव गरेको हो ।

cpnumlपहिलो विकल्पमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई मात्रै समेटेर कमिटी सानो र छरितो बनाउने, दोस्रो विकल्पमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष राखेर कमिटी बनाउने रहेको छ ।

तेस्रो तथा अन्तिम विकल्पमा भने केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, निवर्तमान जिल्ला अध्यक्ष तथा निवर्तमान अञ्चल सचिव राखेर कमिटी बनाउने गरी संगठन विभागले प्रस्ताव गरेको छ । तर, निवर्तमानहरूलाई राख्ने हो भने पूर्वराष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पूर्वकेन्द्रीय सदस्यहरूलाई किन नराख्ने ? भन्ने बहस छलफलमा उठेको पोलिटब्युरो सदस्य वेदुराम भुसालले बताए । ‘हामी सानो कमिटी बनाएर जानुपर्छ भन्ने पक्षमा छौं ।

यदि निवर्तमानहरूलाई राखेर जाने हो भने पूर्वकेन्द्रीय सदस्यहरूलाई पनि समेटेर जानुपर्ने हुन्छ भन्ने प्रस्ताव छलफलमा आएको छ,’ उनले भने । स्थायी समितिको गत सोमबार सम्पन्न स्थायी समिति बैठकले भने प्रदेश कमिटीमा जनसंगठनका पदाधिकारी र स्थानीय निकायका पूर्वजनप्रतिनिधिहरूलाई पनि समेटेर जानेगरी मोटामोटी मापदण्ड तयार गरेको थियो । बैठकले यससम्बन्धी गृहकार्य गरेर सचिवालयमा नाम प्रस्ताव गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको थियो ।

त्यसअनुसार छलफल चले पनि विभागले तीनवटा विकल्पसहितको प्रस्ताव मात्रै तयार पारेको छ । गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रदेश कमिटी बनाउने निर्णय गरिसके पनि एमालेमा प्रादेशिक ढा“चाअनुसार अझै कमिटी बन्न सकेको छैन । प्रदेश कमिटी बनेपछि चुनाव लक्षित कार्यक्रम र अभियान सुरु गर्ने एमालेको तयारी छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*