उत्पादन र उत्पादकत्व बढाउने उद्धेश्य अनुरूप अनुसन्धान- पुन


pp     

बागबानी अनुसन्धान केन्द्र दैलेखले विभिन्न जातका विउहरु उत्पादन गरि जिल्ला लगाएत देशैभर वितरण गर्दै आएको छ । देशको खाद्य सुरक्षालाई टेवा दिन यस केन्द्रले आप्mना खोज तथा अनुसन्धान गरिरहेको छ । यसै सन्दर्भमा दैलेख खवर डट कम र हाम्रो तेस्रो आंखा दैनिकका लागि कृषि अनुसंधान केन्द्र दैलेखका प्रमुख अमर पुनसंग सम्पादक यज्ञराज थापाले लिएको अन्र्तवार्ता ः

 

 

 

 

१। कृषि अनुसन्धान केन्द्रले कुन कुरालाई मुख्य प्रथामिकतामा राखेको छ रु
यस केन्द्रले दैलेख जिल्ला लगायत यस क्षेत्रको मध्यपहाड, खोंच, बेसिको भूगोल र हावापानीमा सुहाउने तरकारी, फलफुल र खाध्यान्न बालीको प्रविधि विकास गरी उत्पादन र उत्पादकत्व बढाउने उद्धेश्य अनुरूप अनुसन्धान क्रियाकलापहरू गर्ने गरेको छ ्र यसरी कृषकहरूको समस्या र आवश्यकतालाई मध्यनजर गरी यस जिल्ला र क्षेत्रमा वढी सम्भावना रहेका वालीविशेषलाई अनुसन्धानका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको हुन्छ ्र

२। केन्द्रले कस्ता जातका बालीहरू अनुसन्धान गर्ने गरेको छ रु
यस क्षेत्रमा व्यवसायिक खेतीको संभावना रहेको तरकारी बालीहरुस् आलु, केराउ, प्याज, खुर्सानी र काँक्रो, फलफुल बालीहरुस् सुन्तला, कागती, ओखर, अनार, घिउफल ९एभोकाड़ो० र किवी र खाध्यान्न बालीहरुस् धान, गहुँ र मकैको व्यवस्थापन र जातीय विकाससंग सम्बन्धित यस क्षेत्रको हावापानीमा उपयुक्त हुने, रोग कीरा सहन सक्ने र धेरै उत्पादन दिने उन्नत प्रविधि र जातको विकास गर्ने मुख्य अनुसन्धानका कार्यक्रमहरु हुन् ्र

३। हालसम्म अनुसन्धान केन्द्रबाट सफल प्रविधिहरु कृषकहरूसम्म कसरी पुर्याइएको छ रु
केन्द्ररफार्म भित्र धेरै वर्षदेखि परीक्षण गरेर सफलर उत्कृस्ट भएका प्रविधिहरुलाई अन्तमा कृषकको खेतबारीमा परीक्षण गरेर मात्र प्रविधिको विकासको अन्तिम निष्कर्षमा पुग्ने प्रक्रिया अनुरुप केन्द्रले दैलेख जिल्लाको विभिन्न ११ वटा गा।वि।स। र अछामको रानीबन गा।बि।स। मा बाह्य अनुसन्धान स्थलहरु स्थापना गरी अनुसन्धान कार्यक्रमहरु संचालन हुने गर्दछ ्र यी स्थानहरुमा कार्यक्रमहरु संचालन गर्ने अवधिमा कृषक समुदायमा छलफल, अवलोकन भ्रमण र तालिम जस्ता विविध कार्यक्रमहरू संचालन गरी परीक्षणको बारेमा बिस्तृत जानकारी गराइने र यसरी राम्रो देखिएको प्रविधि कृषक आफैले अनुभव र अनुभुति गरेर ग्रहण गर्ने, विस्तार हुने गर्दछ ्र

४। हावापानी अनुसार दैलेखमा कस्ता खालका कृषकमैत्री वालीहरूको उत्पादन हुन जरूरी छ रु
amarदैलेख जिल्लामा ८०५ भन्दा बढी जग्गामा सिंचाई गर्न सकिदैन र मकै, गहुँ र कोदोमा आधारित खेती गरिन्छ ्र परम्परागत रुपमा मकैसंग बोडीरसिमि मिश्रीत खेती प्रणाली बाहेक ब्यवसायिक रुपमा तरकारी खेती गरेको पाइदैन ्र यसर्थ सुक्खा बारी जग्गामा बर्षा मौसमको ५र६ महिनाको अवधिमा गोलभेडा, बन्दा, सिमि, बोडी, रखुर्सानी, काँक्रा, लौका, करेला जस्ता ब्यवसायिक महत्वका बालीको उन्नत तरिकाबाट खेती गरेमा कृषकको आय आर्जन गर्न सकिन्छ ्र यसैगरी सिंचित जग्गामा हिऊँदमा केराउ र प्याज खेतीको ठुलो सम्भावना छ भने सेपिलो र ओसिलो खोंच र खोल्सा जग्गामा अलैची खेती गर्न सकिन्छ साथसाथै माटोको चिस्यान कायम रहने खाली जग्गामा उचाई अनुसार आँप, लिची, अनार, घिऊफल र किवी जस्ता फलफूलहरू यस जिल्लामा हुन सक्ने ब्यवसायिक महत्वका बालीहरु हुन् ्र

५। केन्द्रले परीक्षण गरेका वालीहरूको प्रचार प्रसार हुन नसक्नुको कारण के हो रु
अनुसन्धानका कार्यक्रमहरुको प्रचारप्रसार हुदै नभएको चाहिँ होइन, यदि यसको बारेमा कृषक समुदायमा प्रचारप्रसार नभएको भए अनुसन्धानबाट बिकसित जातहरु आज कृषकहरुले प्रयोग गरिरहनु भएको छ, यो कसरी संभव हुने थियो ्र तथापी केन्द्रले विकास गरेका प्रविधिरजातहरु कृषकस्तरसम्म प्रभावकारी रुपमा पुग्न नसकेको अवस्था छ ्र यसको लागि बाह्य अनुसन्धान स्थलमा प्रभावकारी रुपमा कार्यक्रमहरु संचालन गर्ने, कृषिसंग सम्बद्ध निकायरसंस्थाहरूसंग समन्वय, सहकार्य, कृषक समुहरसमुदायसंग छलफल अन्तरक्रिया, तालिम, भ्रमण, लेख, पुस्तक प्रकाशन र वितरण गर्ने, राष्ट्रियर स्थानिय एफ।एम।र रेडियो र प्रविधि समाचार कार्यक्रमहरुको प्रसारण गर्ने जस्ता क्रियाकलापहरू प्रभावकारी रुपमा सम्पन्न गरी विकास गरिएका प्रविधिहरूको प्रचार प्रसार गरिने छ ्र

६। केन्द्र अन्तर्गत कुन कुन स्थानमा वाहिय अनुसन्धान केन्द्र सुरू गरिएको छ ्र
दैलेख जिल्लाको गमौडी २ र ४ छुवाला र धरिमपाटा, कालभैरव ९ र ७ खागीताडा र तोराय, बांसी ९ रिठा, सल्लेरी(सातटार, नाउलेकटुवाल, दुल्लु, बराह, नौमुले, टोली र अछामको रानीवन गा।वि।स। मा वाहिय अनुसन्धान स्थलहरू स्थापना गरी कार्यक्रमहरू संचालन गरिएको छ ्र

७। अन्तमा कृषक र सरोकारवालासंग राख्नु पर्ने कुरा के छ रु
हाम्रो कृषि क्षेत्र अझपनि परम्परागत निर्वाहमुखी रुपमा रहेको छ ्र कृषिलाई हेर्ने हाम्रो दृष्टिकोण र सोचमा परिवर्तन गर्न अति जरुरि छ ्र अबको कृषि ब्यवसायिक र उधमशील हुनु पर्छ ्र कृषिको विकासगरी समग्र किसानको आर्थिक स्तर सुधार गर्न सकिन्छ ्र यसको लागि कृषिमा सकारात्मक सोच, योजना, लगानी र प्रविधिको प्रयोग हुन जरूरी छ ्र यसर्थ परिपक्क व्यवस्थापनको साथसाथै उन्नत प्रविधि र जातको प्रयोग गरी कृषिको विकास गर्न अत्यन्त आवश्यक जरुरि छ ्र

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*