अफगानस्तानमा गुरुङ मारिए पछि स्याङजाको कोल्मा शोकमा

स्याङजा, ०८ असार ,
अफगानस्तानको कावुलमा गराईएको आत्मघाती बम विस्पोष्टमा परी स्थानिय सुप वहादुर गुरुङको मृत्यु भएको खवरले स्याङ्जाको कोल्मा गाविस शोकमा डुवेको छ ।

गुरुङ्का परिवारका सवै सदस्य काठमाण्डौं र पोखरा वसाई सरेको भए पनि उनी सगै खेलेका साथीभाई तथा आफन्त गुरुङ्को मृत्यु भएको खवरले स्तव्ध भएकाछन । सोमवार अफगानस्थानमा भएको आत्मघाती बम विस्पोटमा स्याङ्जाको कोल्मा ५ कल्छ्याङ्दीका गुरुङ्को निधन भएको थियो ।

नेपाली सेनामा भर्ति भएर त्रिभुवन आर्मी क्लवबाट फुटवल खेलाडीका रुपमा समेत परिचत रहेका गुरुङ मुलुकमा बढ्दो दन्द्धकालका कारण सेनाको जागीर छाडेको उनका परिवारले वताएको छ । जागिर छाडे सँगै ईराक हानिएका गुरुङ त्यसपछि अफगानस्थान पुगेका थिए ।

सात आठ वर्ष देखि अफगानस्थानमा सुरक्षा गार्डको रुपमा कार्यरत गुरुङ घर विदा सकेर चार महिना अगाडि मात्रै त्यस तर्फ गएका गुरुङका साला दुर्गा खरेलले जानकारी दिए । कोल्मा कै वेल कुमारी गुरुङ (खरेल) सँग अन्तरजातिय विवाह गरेका गुरुङको एक छोरी र एक छोरा रहेकाछन् ।

परिवार काठमाण्डौको लैनचोरमा वस्दै आएको भए पनि आमा भने पोखरामा रहेको परिवारले जनाएको छ । ४४ बर्षका गुरुङको छोरी स्नातक तहमा अध्ययनरत छिन भने छोरो ६ वर्षको रहेको छ । लामो समय गाँउ भन्दा बाहिर रहेकाले उनको बिस्तृत जानकारी पाउन नसकेपनि सुपबहादुरको निधनले उनका आफन्तजनहरुमा भने शोकमा डुवेकाछन् ।

देशमा द्धन्द नभएको भए विदेश जानु नपर्ने भन्दै उनको परिवारले आफ्नो परिवारको विचल्ली हुनुको कारण नेपालका आन्तरिक द्धन्द रहेको भन्दै दुखेसो समेत पोखेकाछन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*