आत्मनिर्भरता तिर लम्कदै महिलाहरु

नमन शाही
९ असार, दैलेख । शिपमुलक तालिम मार्फत ब्यवसाय गरी ग्रामीण महिलाहरु आत्मनिर्भरता तिर लम्कन थालेका छन् ।
सामान्य घर खर्च सम्म चलाउने स्रोत नभएका महिलाहरु शिपमुलक तालिम मार्फत ब्यवसाय गर्दै आफै आत्मनिर्भर हुन थालेका छन् । जिल्ला घरेलुविकास कार्यालयको समन्वय तथा लघुउद्यम विकास कार्यक्रमको आर्थीक सहयोगमा सञ्चालित कार्यक्रमहरुबाट महिलाहरु सिप सिक्दै आत्मनिर्भरता तीर लम्कन थालेका हुन् । सात्तला, लयाटीविन्द्रासैनी, दुल्लु नगरपालीका, भैरीकालिकाथुम गाबिसका महिलाहरु अहिले सिलाईकटाई तालिम सिक्दै आत्मनिर्मर बन्न कसिएका छन् । आर्थीक अवस्था कमजोर भएका महिलाहरुलाई आत्मनिर्भर बनाउदै लउदमी बनाउन एभरेष्ट क्लबको समन्वयमा तालिम सञ्चालन भैरहेको एभरेष्ट क्लबका कार्यकारी निर्देशक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
विपन्न परिवारको जिवन स्तर उकास्दै लघुउद्यमी बनाउन लघुउद्यम विकास कार्यक्रमले जिल्लाका विभिन्न स्थानमा आफ्ना कार्यक्रमहरु 13533037_1317707871591221_286862589822074888_nसञ्चालन गर्दै आएको छ । न्यून आए स्तर भएका पुरुष र महिलालाई उनिहरुको इच्छा अनुसारको सिपमुलक तालिम दिएर लघुउद्यमी बनाउने कार्यक्रमको मुख्य उद्देश्य भएको जिल्ला घरेलुविकास कार्यालयका प्रमुख परशुराम आचार्यले बताए । सिप सँगै उद्यमी बनेर स्वराजगार हुने लक्ष्य लिएर तालिम सिक्न आएको भेरीकालिकाथुम गाबिसकी सिता शाहीले बताईन । “ठाउँ अनुसार सफल हुन सक्ने तालिमको माग हामीहरुले नै गरेका हौ, अहिले हाम्रो ठाउँमा आधुनिक खालका कपडा सिलाई हुदैन हामी त्यस्तो तालिम सिकेर ब्यवसाय गर्ने योजनामा छा”ै शाहीले बताइन ।
कार्यक्रमको सुरुवात देखि नै सहजीकरणको जिम्मेवारी पाएको एभरेष्ट क्लबले जिल्लामा १ सयको संख्यामा स्थापीत उद्यमी बनेको जनाएको छ । सिपमुलक तालीम अन्तरगत दालमोट बनाउने, मैनबत्ती बनाउने, दुना टमरी , हाते कागज, अल्लो प्रसोध गरी कपडा बनाउने लगाएतका तालिम दिएर लघुउद्यमी बनेको लघुउद्यम विकास कार्यक्रमका जिल्ला संयोजक कृष्ण चौधरीले बताए । अहिले जिल्लामा दालमोट, मैनबत्तीको माग बढिरहेको चौधरीले जानकारी दिए । कार्यक्रम अन्तरगत तालिम पाएका पुरुष भन्दा पनि महिलाहरु बढि ब्यवासयीक भएरको उनले बताए । नौमुले बजार अन्तरगतका लघुउद्यमी, दैलेख सदरमुकाम केन्द्रका उद्यमीहरुको ब्यवसाय राम्रो रहेको जनाइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*