युरोपीय संघसँगको सम्बन्ध ब्रिटेनले विच्छेद गर्ने

एजेन्सी, १० असार– युरोपेली युनियनबाट अलग हुने पक्षमा बेलायतीहरुले मतदान गरेको बिबिसीले अनुमान गरेको छ ।
युरोपेली युनियनसँग अलग हुने पक्षमा अलिकति बढी मत परेको विविसीले जनाएको छ । लन्डन र स्कटल्यान्डमा युरोेपेली युनियनमा रहने पक्षमा मदात भएको बताइन्छ । अन्य क्षेत्रमा भने युनियन छाड्ने पक्षमा जनताले मतदान गरेका छन् ।
जनमत संग्रहको अन्तिम परिणाम शुक्रबार दिउँसो सम्ममा आउने बताइएको छ । तर बेलायती सञ्चारमाध्यमहरुले जनमत संग्रह इयु छाड्ने पक्षमा परिसकेको बताएका छन् । इयू छाड्ने पक्षमा जनमत संग्रहमा परिणाम आएको भन्दै छाड्ने पक्षका अगुवाहरुले खुसी साट्न पनि थालेका छन् ।ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार जनमत संग्रह भएको थियो । अन्तिम चरणमा पुगेको मतगणनामा इयू छाड्नुपर्ने पक्षमा ५२ प्रतिशत मत खसेको छ ।

पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए ।

छाड्नु पर्ने पक्षमा १ करोड ६७ लाख ३८ हजारबढी मत परेको छ भने ईयूमा रहनु पर्ने १ करोड ५६ लाख मत परेको छ । मत गणना अझै जारी छ ।

मतदानसम्वन्धी विज्ञहरुका अनुसार १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान छ ।

सबै २८२ मतगणना केन्द्रको नजिता प्रमाणित भएपटि म्यानचेष्टरको सिटी हलबाट चुनावी परिणाम घोषणा हुनेछ ।

युरोपेली संघ के हो ?

युरोपीय संघ, जसलाई ईयू भनिन्छ, २८ युरोपीय देशको आर्थिक एवं राजनीतिक साझेदारी छ । द्वीतीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एकअर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ ।

ईयूमा आवद्ध देशका सामान र मानिसहरु विना रोकटोक आवत जावत गर्न सक्छन्, मानौं सबै सदस्य देश एक पूरा देश हो । यसको आफ्नै मुद्रा छ, जुन १९ देशमा प्रयोग हुन्छ ।

ईयुको आफ्नै संसद छ । युरोपीय संघले विभिन्न क्षेत्रमा आफ्नै नियम बनाएको छ । जसमा पर्यावरण, पारवहन, उपभोक्ता अधिकार र मोबाइल फोनको मुल्यसमेत तय गरिनेछ ।

जनमत संग्रहमा के सोधिएको छ ?

जनमत संग्रहमा सोधिएको प्रश्न छ(के युनाइटेड किङडम युरोपीय युनियनको सदस्य रहनुपर्छ रु वा युरोपीय युनियन छोड्नुपर्छ रु’

ब्रेक्सिटको अर्थ के हो ?

ब्रेक्सिट शब्दको अर्थ हो कि ब्रिटेनले युरोपीय संघ छोड्छ । ब्रिटेन र छोड्ने शब्द मिलाएर यो शब्द बनाइको हो । यसअघि ग्रीसमा युरोपीय संघ छोड्ने बेला ‘ग्रिक्सिट’ शब्द प्रयोग भएको थियो

Categories: प्रवास

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*