पशुप्राविधिकले मनिसको उपचार गरेपछि प्रहरी खोरमा

झापा, ११ असार । झापामा पशु प्राविधिकले मानिसको उपचार गरेपछि प्रहरी खोरमा परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मेचीनगर–७ बाट पशु प्राविधिकसहित दुई व्यक्ति पक्राउ गरे लगत्तै यस्तो रहस्य सार्वजनिक भएको हो ।
पक्राउ पर्नेमा बुधवारे– ९ निवासी पशु प्राविधिक सूर्यमान तामाङ र दमक – ४ निवासी भेटेनरी औषधि व्यवसायी सन्तोष कार्की रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार मेचीनगर–७ निवासी एक व्यक्तिको घरमा गएर मानिसलाई उपचार गर्दा गर्दै उनीहरु पक्राउ परेका हुन् । मंगलवार साँझ उनीहरुलाई पक्राउ गरिएपनि उनीहरु विरुद्ध अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेको जनाउदै प्रहरीले आज ठगी अभियोगमा मुद्धा दर्ता गरेपछि मात्रै यस्तो रहस्य सार्वजनिक भएको हो ।
पक्राउ परेका पशु प्राविधिक सहित दुवैलाई इलाका प्रहरी कायालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*