द्वारी हाईड्रोको निर्माण कार्य अन्तिम चरणमा

महेन्द्र सापकोटा दैलेख १४ असार – दैलेखको द्धारीमा निर्माणाधीन ३.७ मेगावाट क्षमताको द्धारीखेला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको अहिलेसम्म ९० प्रतिशत भन्दा भढि काम पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाको पाईपलाईन, विद्युतगृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइट hydroइन्चार्ज सन्तोष कार्कीले जानकारी दिए । आयोजनाको मुहानदेखि विद्युत्त गृहसम्म तीन हजार ५ सय ४० मिटर लामो पाइपलाईनको काम सकिएर विद्युत गृहको केहि काम वाँकी रहेको साईट इन्चार्ज कार्कीले बताए । ‘नियमित वर्षातले अन्य वाहीरी काममा प्रभाव पारेपनि विद्युत गृहको फिनिसिङमा काम धमाधम भईरहेको छ’ साईट इन्चार्ज कार्कीले भने, ‘वर्षात कम भएपछि वाहीरी वल्डीङ लगाएत अन्य काम सुचारु हनेछ ।’ भूगोल इनर्जी प्रालिले करिब ६५ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको आयोजनाबाट उत्पादित विद्युत् दैलेख सदरमुकामस्थित सबस्टेसनमा जोडिनेछ ।
कम्पनीले सबस्टेसन सम्म खम्बा र लाइन विस्तारको काम सकेको छ । १८ महिना अघि देखि निर्माण सुरु गरेको आयोजनाले यहि असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरी सव स्टेशनमा विद्युत पु¥याउने लक्ष भएपनि भूकम्प र लामो समयको नाकावन्दीे गर्दा केहि महिना ढिला हुने सञ्चालक सदस्य मोहन विक्रम कार्कीले वताए । ‘कम्पनीमा काम गर्ने कर्मचारी तथा इन्जिनियरको घर भूकम्प प्रभावित जिल्ला भएकाले पनि त्यस समयमा आयोजनाको काम प्रभावित भयो’ सञ्चालक सदस्य कार्कीले भने, ‘केहि महिना पछि भारतले गरेको अघोषित नाकावन्दीले सामान ढुवानीमा समस्या पर्दा आयोजनाको काम एक÷दूई महिना ढिला हुने देखिन्छ ।’ हाईड्रोपावर निर्माण हुमामा यस क्षेत्रले विकासको मुहार फेरेको भन्दै यस्ता आयोजना निर्माणमा सवैको सहयोग आवश्यक रहेको नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माको भनाई छ । कम्पनीले प्रभावित क्षेत्र द्धारी गाविसमा १ करोड रकम खर्च गरेर गाँउसम्म मोटरबाटो पु¥याएको छ ।
त्यस्तै कम्पनीले ४० रोपनी जग्गाको १ करोड रुपैँया क्षर्तीपूर्ति समेत दिई निर्माण कार्य थालनी गरेको थियो । आयोजना निर्माण सम्पन्न हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । विद्युत उत्पादनका लागि निर्माण कार्यहरु धमाधम सुरु हुन थालेपछि विकासको ढोका खुलेको भन्दै स्थानीय हर्षित भएका हुन् । यस आयोजनामा स्थानीय र जिल्ला वाहिरका गरी २० जना वेरोजगार युवाले रोजगारी समेत पाएका छन् । फोटो ः आयोजनाको विद्युत गृह । आयोजनाको अन्य काम अन्तिम चरणमा पुगेपनि विद्युत गृहको फिनिसिङको काम केहि दिनमै सम्पन्न हुने जनाएको छ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*