केपी ओली भन्छन: : मदन भण्डारी देशभक्त नायक

PM-KP-Sharma-Oli

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्व. जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।’

शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गरे

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*