ठोस राय सुझाव दिन समिति गठन

दैलेख, असार १४ – दैलेख सदरमुकामलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन माग राख्दै परेको रीट निवेदन सम्वन्धमा अझै प्रष्ट धारणा बनाउन राय सुझाव ल्याउन दैलेख जिल्ला अदालतबाट एक समिति गठनको आदेश भएको छ ।

सो रीट निवेदनका सम्वन्धमा आज भएको सुनुवाइमा र निवेदनमैसमेत दैलेख बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सन्दर्भमा उठाइएका प्रश्नमा विषयमा ठोस धारणा ल्याउन जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो आदेश भएको हो ।

कार्य प्रारम्भ गरेको मितिले २ महिनाभित्र राय प्रतिवेदन पेश गर्न समितिले बजार क्षेत्रको स्वच्छ, सफा, सुरक्षित र व्यस्थित बनाउन स्थलगत अवलोकन गरी सरोकारवाला बुद्धिजीवि, भद्रभलाद्मी र व्यापारीको राय सुझाव लिनसक्ने कार्य जिम्मेवारी तोकिएको छ ।

श्रेस्तेदार अधिकृत गोविन्द आचार्यको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिमा सरकारी वकील बिष्णुप्रसाद पौडेल र रीट निवेदकहरुले मनोनीत गरेकोा १ जना सदस्य रहने बताइएको छ ।

जिल्ला सदरमुकाम सवारी साधनको आवागमन अस्तव्यस्त, यत्रत्यत्र फोहोर दुर्गन्ध, विग्रदो वातावरणीय असन्तुलन लगायतका समस्या समाधान गर्न आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला प्रशासन, जिल्ला विकास समिति, नारायण नगरपालिका र प्रहरीलाई विपक्षी बनाई गत चैत २६ गते दैलेख जिल्ला अदालतमा रीट निवेदन परेको थियो ।

अधिवक्ता द्वय मणिराज आचार्य र मातृकाप्रसाद खनालले दिनुभएको सो रीटका सम्वन्धमा आज दैलेख जिल्ला अदालतमा सुनुवाइ भएको थियो । अधिवक्ता त्रेय सुरेन्द्रकुमार अधिकारी, यामराज थापा र मातृकाप्रसाद खनालले रीटको पक्षमा बहस गर्नुभएको थियो भने सरकारी वकील बिष्णुप्रसाद पौडेलले सरकारी निकायले सक्दो प्रयत्न गरिरहेको जीकिर गर्नुभएको थियो

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*