दार्चुलामा पहिरोमा परि 3 वेपत्ता

१७ असार । दार्चुला बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी दार्चुलामा २ महिला र १ पुरुष वेपत्ता भएका छन् । घर माथिबाट पहिरो आउँदा छुट्टा छुट्टै ठाउँमा महिला पुरुष वेपत्ता भएका हुन् ।

पहिरो आउँदा मालिकार्जुन गाविस वडा ८ का अन्दाजी २५ वर्षिया वसन्ती धामी वेपत्ता भएकी छिन् । चार जनाको परिवार रहेको धामीको पूरै घर पूरिएको छ ।

यस्तै सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त घरभित्र च्यापिएका छन् । उक्त स्थानमा प्रहरी अझै पुग्न सकेको छैन । प्रहरी पुग्न अझैं केही समय लाग्ने बताइएको छ । यस्तै अपी नगरपालीका वडा १७ काकडामा पहिरोले घर पुरीदा एक महिला बेपत्ता भएका छन् । प्रेमसिह महराकी पत्नि वेपत्ता भनिएपनि नाम खुल्न सकेको छैन ।

यसै गरी पहिरोकैकारण भारतसँग सिमानाका जोडिएको जौैलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ ।

माथिबाट पहिरो आउन सुरु भएपछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा बन्दोवस्तीका सामान सुरक्षीत स्थानमा सारिएको छ । पहिरोकै कारण डाडाकोट गाविस वडा नं ८ लिमेतीमा स्थानीय भुवन पालको घर पुरीएको छ भने नजिकै रहेको सुन शिखर निमावि भवन पहिरोको उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी रिठाचौपाताको ५ घर जोखिममा रहेका छन् । प्रहरीले भने दुई तिन वस्ती नै जोखिममा रहेको बताएको छ । यस्तै सोही गाविसमा रहेको अमकुर लघुजलविद्युत बाढिले पूरिएको छ ।
जिल्ला भरी बाढी पहिरोले व्यापक क्षती भएको अनुमान गरीएको छ । विहानै देखी मोवाईल फोन खासै काम नगर्दा क्षती विवरण आउनु सकेको छैन ।

– See more at: http://koselinews.com/?p=6195#sthash.1XzHhTAH.dpuf

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*