वेपत्ता परिवारमा उपापले ल्यायो खुसी

२४ असार, दैलेख । लकान्द्र गाविस वडा नं.७ कि नैनकला दशौदी बाख्रापालनले आफ्नो माग अनुसारको ब्यवसाय गरेपछि दिन फेरिएको महशुस गरेकि छिन् । १० वर्ष अघि उनका श्रीमान बेपत्ता भए, घर सञ्चालक मध्यका अगुवानै बेपत्ता भए पछि उनका दिन कष्टकर बनेका थिए ।
नेपाल सरकार सहकारी तथा गरिवि निवारण मन्त्रालय जिल्ला विकास समितिद्धारा लकान्द्र गाविसमा संचालित पश्चिम उच्च पहाडि गरिवी Bakhraनिवारण आयोजना ०६७ पौष महिना देखि शुरु भयो । लकान्द्र गाविसमा छनौट भएका लक्षित वर्गका मागमा आधारित व्यवसाय उपलब्ध गराउने भएपछि दशौदीले बाख्रापालनको माग गरिन । अहिले उनले बाख्रा पालन ब्यवसायबाट मनग्य आम्दानी गरिरहेकी छिन् । पश्चिम उच्च पहािड गरिरवी निवारण आयोजना मार्फत दुई बाख्रा एक बोका लिइ पालि रहेकी उनको बाख्राबाट पाठाहरु उत्पादन भइसकेका छन् ।
१० वर्ष पहिले श्रीमान वेपत्ता भएका पछि आफु र दुई छोरी अनि एकछो्राको परिवारमा आर्थीक संकट नै परेको थियो । श्रीमान नहुँदा एक्लैले मात्र सवै काम गर्न नसक्ने हुँदा घर खर्च चलाउन समेत धौधौ हुने गरेको उनको अनुभव छ । दुई छोरी र एक छोरा आफुलाई बस्ने एउटा सानो झोपडि सम्म पनि उनि सँग थिएन । उनी खान लाउन र वस्नु जस्ता विभिन्न कष्ट सहदै जिवनलाई अगाडि बढाउन लागि परिन ।
श्रीमान वेपत्ता भर्ई वसेकी महिला यो सिप सिकेर केहि न केहि गरी आफ्नो जिवन आफैले नयाँ परिवर्तन ल्याउने र आत्मनिर्भर बन्ने दिशामा लम्कीएकी छिन् । अहिले दशौदी बाख्रा पालन ब्यवसाय मात्र नभएर अन्य आम्दानीका स्रोत खोज्दै विभिन्न तालिम लिएर आफ्नो खुट्टामा आफ्रै उभिएर अरुको प्रेरणको स्रोत समेत भएकि छिन् । उपापले दिएको तालिममा निरन्तर सहभागी भएर जिल्ला आयोजनाले रोजेको सेवा प्रदायकमा उनी विस्वासीलो भएकि छिन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*