“पानीको सदुपयोगले आम्दानीमा वृद्धि”

२४ असार, दैलेख । टाढाको धाराबाट पानी ल्याउनु पर्ने समय अन्यकाममा प्रयोग गर्दा साबिकको दुल्लु गाबिस ९का महिलाहरुको आम्दानीको स्रोतमा बृद्धि भएको छ ।
हितपानी मुहानको पानी घरैमा आउन थालेपछि यहाँका महिलाहरु ब्यवसायीक तरकारी खेती र अन्य नगदे बाली तिर लागेका छन् । पानी टाढा भए पछि आफैलाई खाने तरकारी किन्नु पर्ने समस्याबाट अहिले यहाँका महिलाहरु मुक्त भएको स्थानियएले जानकारी दिएका छन् । नेपाल सरकार सहकारी तथा गरीवी निवारण मन्त्रालय पश्चिम उच्च पहाडि गरिवी निवारण आयोजना अन्तरगत दैलेख जिल्लामा सचालित यस कार्यक्रमले विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
उपापको सहयोगमा ०७० देखि खानेपानीको ट्यांकी निर्माण गरी ५ पाँच वटा धारा विस्तार गरिएको छ । योजनाको सहयोगमा पानी घरैमा आएपछि महिलाहरुले टाढाबाट पानी ल्याउन पर्ने झन्झट मात्र सहिएन उनिहरुमा निकै खुशी र उत्साह देखिएको छ । खानेपानी भरेपछि वचेको पानीले तरकारी खेति वन्दा, प्याज, भन्टा,लसुन, धनिया लगाएतका नगदेबालीहरु उनिहरुले लगाएका छन् । योजना ०७१ बैशाख ४ गते देखि सुरु भएर २०७१ असार ५ सम्पन्न भएको थियो । यस योजनका कुल वजेट मध्य उपापको सहयोग रु ४ लाख १४ हजार दुल्लु गा.वि.स. वाट रु २८ हजार जि.वि.स. दैलेख वाट २८ हजार र जनश्रमदान ९७ हजार ७ सय ९७ मा योजना सम्पन्न भएको थियो । समितिले योजनाको संक्षरणको जिम्मा समिताका सदस्य प्रेमवहादुर कार्कीलाई दिएको छ । उनलाई रेखदेख बापत पारीश्रमिकको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । समितिले प्रत्येक लाभान्वित परिवारवाट रु ५० रुपैया उठाउने निर्णय गरि पारीश्रमिकको व्यवस्था गरिएको छ । लाभान्वित घरपरिवारले खानेपानीका अतिरिक्त तरकारि खेतिमा सिचाईका लागि समेत पानीको प्रयोग गरि तरकारि विक्रिवाट आम्दानिमा वृद्धि भएको छ ।
दुल्लु गा.वि.स. मा पनि मिति ०६७ पुस १९ गते देखि विभिन्न संभागहरु कृषि संभाग, वन संभाग, पशु संभाग, भौतिक पुर्वाधार संभागहरु र सामुदायिक संस्थाहरु गठन गरि आर्थिक स्तर तथा जिविकोपार्जन गर्नको लागि समुह सदस्यहरुवाट वचत गराई गरिवीको रेखामुनी रहेका जनताहरुलाई विभिन्न पेशा व्यवसायमा समेटेर व्यवसाय मुखि वनाई स्रोत साधनको प्रयोगगरी आर्थिक आम्दानिमा वृद्दि गरि रोजगारि सृजना गर्दै आत्म निर्भर भएर वाच्न सिकाएको छ । भौतिक पुर्वाधार योजना अन्तर्गत दुल्लु गा.वि.स. वडा नं ९ मा २०७० सालमा सृजना सामुदायिक संस्थाको माग अनुसार हितपानी खानेपानी योजना उपाप कार्यक्रम मार्फत योजना संचालन भै सम्पन्न भएको हो । यस योजना संचालन हुनु भन्दा पहिले यस हितपानी मुहानको पानी वगेर खेर गइरहेको थियो ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*