पहिरोको जोखिममा रहेको बस्ती पुर्नस्थापीत

२८ असार, । जलबायु परिवर्ततका कारण पहिरोको जोखिममा रहेको दुल्लु नगरपालीका २ नेपाको बस्ती पुर्नस्थापीत भएको छ ।
बन विनास सँगै निरन्तर पहिरो जान थाले पछि दुल्लु नगरपालीका २ स्थित सियालाका ४८ घर परिवार पहिरोको उच्च जोखिममा थिए । नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमको सहयोगमा कार्यक्रम लागु भए पछि पहिरो नियन्त्रणमा आएको हो । नेपाल जलबायू परिवर्तनको १८ लाख रुपैया बराबरको सहयोगमा तारजाली हाले पछि पहिरो नियन्त्रणमा आएको नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय संयोजक भुपेन्द्र शाहीले जानकारी दिए । गाउँ मात्र जोखिममा नरहेर कर्णाली राजमार्ग समेत सामान्य पानी पर्दा पहिरो गएर अबरुद्ध गने गरेको संयोजक शाहीले बताए । सियालाबासीले आफ्नो समस्या बारम्बार सरोकारवाा निकायमा राख्दा पनि कुनै सुनुवाई नभैरहेको आवस्थामा नेपाल जलबायु परिवर्तन सहयाग कार्यक्रम पुगेपछि उत्साहित भएका हुन् ।
पहिरो नियन्त्रणका लागि ४० ठाउँमा ३ सय ६३ वटा तार जाली भरिएको र उत्त ठाउँमा बृक्षारोपण गरेर पुरानै अवस्थामा ल्याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । पहिरोले ३ वटासिचाइ योजना समेत प्रभावित हुदै आएको सियालामा अहिले जिल्लाकै नमुना तरकारी उत्पादन हुदै आएको छ । सिचाई योजना सुचारु सञ्चालन भए पछि कृषकहरुले आफ्नो बारीबाट उत्पादन गरेका तरकारी जिल्लाका विभिन्न स्थान र सुर्खेत सम्म खपत गर्ने गरेको जिल्ला जलबायु परिवर्तन सहयोग कार्यक्रमले जनाएको छ । जिल्लाका ताजा तरकारी उत्पादन गर्ने स्थानमा सबै भन्दा बढी सियालाका कृषकहरु रहेको बताइएको छ ।
वर्षायाम सुरु हने वित्तिकै त्रासमा रहने सियालाका बासिन्दाहरु अहिले निर्धक्क सँग आफ्नो भरमा बस्ने गरेके स्थानियले बताएका छन् । पहिला हामीहरु सामान्य पनि पर्दा समेत पहिरोको जोखिमले त्रसित हुन्थ्यौ अहिले पहिरो नियन्त्रण भएपछि ढक्क छौ स्थानिय होटल ब्यवसायी जनक शाहीले भने । सामान्य पानी पर्दा राजमार्ग पनि आवरुद्ध हुने गरेकाले सयौ यात्रुहरु समेत अलपत्र पर्ने गरेको शाहीले बताए । उनले पहिरो नियन्त्रणका लागि तारजाली भर्ने लगाएतका कार्यक्रम सञ्चालन भएपछि अहिले स्थानिय मात्र नभएर यातायतका साधन समेत नियमित भएको बताए ।
जलबायू परिवर्तनलाई न्यून बनाउन सञ्चालित जलबायु परिवर्तन सहयोग कार्यक्रमले सियाला मात्र नभएर जिल्लाका विभिन्न गाबिसहरुमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*