दैलेखको आँप उत्पादनमा २५ प्रतिशतले वृद्धि

महेन्द्र सापकोटा
२८ असार । जिल्ला कृषि विकास कार्यालय दैलेखले गत वर्षको तुलनामा यो वर्ष आँपको उत्पादनमा २५ प्रतिशले वृद्धि हुने अनुमान गरेको छ । मौसमको अनुकूलतासँगै गत वर्ष ११ सय मेट्रिक टन आँप उत्पादन भएको दैलेखमा यस वर्ष उत्पादनमा २५ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयले गरेको हो ।
अनुकुल मौषमका कारण गत वर्ष भन्दा यस वर्ष ५ सय ५० मेट्रिक टन बढी आँप उत्पादन हुने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालय mangoदैलेखले जनाएको छ । जिल्लामा ४ सय ९०हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको भएपनि अहिले १ सय ५८ हेक्टर क्षेत्रमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका कार्यक्रम अधिकृत राजु भुजले जानकारी दिएका छन् ।‘जिल्लामा ४ सय ९० हेक्टर आँप लगाइएको छ, अधिकृत भुजले भने, ‘अन्य क्षेत्रमा फल दिन समय लाग्ने भएकाले केहि वर्षपछि दैलेखमा आँप उत्पादनमा दोव्वर वृद्धि हुनेछ ।’ यो वर्ष आँप फल्ने वर्ष भएकाले पनि आँप उत्पादनमा वृद्धि हुने कार्यालयले अनुमान गरेको छ ।
गत वर्ष आँप खेतीमा रोग लागेकाले पनि उत्पादनमा विगतका वर्ष भन्दा कमि आएको जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्यांकमा उल्लेख गरिएको छ । आँप खेतीको उपयूक्त पकेट क्षेत्र मानिने जिल्लाका राकम, खिड्कीजिउला, दुल्लु नगरपालिकाको पादुका, नाउले, रावतकोट, डाँडापराजुल, डुगेंश्वर र चुप्रा क्षेत्र लगाएतका स्थानहरुमा आँप खेती गरिदै आएको । पछिल्लो समय जिल्लामा आँप खेती गर्ने कृषकहरु वढेकाले जिल्लामा आँपको विरुवाको माग वढेको कार्यालयले जनाएको छ । अन्न बाली लगाउँदा त्यति आम्दानी पनि नहुने र सिँचाइको भरपर्दो स्रोत नहुँदा यहाँका किसानहरु आँपखेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लामा दशहरी, लङ्गडा लगाएत उन्नत जातका आँपको खेती हुने गरेको छ । कृषकको माग अनुसार यो वर्ष पनि ४ हजार ५ सय विरुवा वाहिरी जिल्लावाट ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आँप उत्पादन हुने क्षेत्रको अवलोकन गरी ४५ हेक्टर क्षेत्रका लागि यो वर्ष पनि विरुवा ल्याइएको अधिकृत भुजले वताए । कार्यालयले ढुवानी अनुदान गरी कृषकलाई नर्सरी स्थलको मूल्यमा आँपको वितरण गरीने जनाएको छ ।
फोटो ः सदरमुकाममा राखिएको आँपको गोदामवाट आँप छान्दै आँप व्यापारी । प्रति केजी २५ देखि ३० रुपैँयामा खरिद गरी प्रति केजी ४५ देखि ५० रुपैयामा सदरमुकाममा विक्रि हुने गर्दछ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*