तालिममा रमाउदै शिक्षकहरु

१४ साउन, दैलेख । एभरेष्ट क्लव, दैलेख र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीतामा संचालितयुवा सशक्तिकरणकार्यक्रमअन्र्तगत जोरेबाँझ उच्चमा.वि. पिलाडि, शान्तिउच्च.मा.वि. लालिकाँडा, शान्तिमा.वि. सेरी, सरस्वतीउच्चमा.वि. खड्कवाडा, जयदेव उच्चमा.वि. जम्वुकाँध, चामुण्डा उच्चमा.वि. चामुण्डा, भवानीउच्चमा.वि. विशाला, सरस्वतिउच्चमा.वि.सिगौडी र जनज्योतिउच्चमा.वि. राकमकणर््ााली विजया उच्चमा.वि. दुल्लु र प्रेमदेवीउच्चमा.वि. पादुका दैलेखकाशिक्षकहरु, युवाक्लवकाप्रतिनिधि र विकास सुपरिवेक्षक गरि जम्मा २१ जनाको सहभागीतामा ५ दिने जिवनउपयोगी सीपतथाविक्तियसिप सम्वन्धिको जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीतथाशिक्षकहरुले रमाउदै जीवनउपयोगी सीप र विक्तियसिप सम्वन्धि ज्ञान, धारणा र सीपसिकेको वताइएको छ ।

साउ ४ देखि ८ गते सम्म सचालित उक्त तालिम युवा सशक्तिकरण कार्यक्रमअन्र्तगतको व्यक्तिगतविकास अन्र्तगतको कम्पोनेन्टमा १३ ???????????????????????देखि २२ वर्ष उमेर समुहका युवा तथा वालवालिकाहरुको व्यक्तिगत विकासमा सहयोग पुराउन तालिमको आयोजनागरिएको जनाइएको छ । तालिममा ११ वटा जीवनउपयोगी सीपहरु क्रमशःआत्मजागरण सीप, प्रभावकारी संचार सीप, समानुभुति सीप, अन्र्तवयत्तिक सम्वन्ध सीप, समालोचनात्मक सोचाई सीप, सिर्जनात्मक सोचाई सीप, तनावव्यवस्थापन सीप, सम्वेग नियन्त्रण सीप, समस्या समधानगर्ने सीप, निर्णय गर्ने क्षमता सीप, द्धन्द व्यवस्थापन र सम्झौतागर्ने सीपको बारेमा खेलको माध्याम्बाट सवै जनाले रमाउदै ज्ञान, सीप र धारणामा विकास भएको विद्यालय निरिक्षक हेमकुमार ढकालले जानकारी दिए ।

तालिमको समापनकार्यक्रममावोल्दै जिल्ला शिक्षाअधिकारी विष्णुप्रसाद गोतामेले सवै सहभागीहरुले तालिममा सीकेका सीपहरुलाई विद्यार्थीमाझ संञ्चालनगरि ज्ञान, सीप र धारणालाई हस्तान्त्रण गर्नु पर्ने वताए । यसैगरि सेभ द चिल्डे«न, दैलेखका जिल्ला कार्यक्रम संयोजक मोहम्मद कैयूमले जीवनउपयोगी सीप र विक्तिय सीपले विद्यालय स्तरका वालवालिका तथा युवाहरुले गर्ने फजुलखर्च र चाहानालाई घटाउने साथै आवश्यक्ता पुरा गरि वचतगर्ने वानीको विकास गर्न सहयोग पुगोस भन्दै शुभकामना दिए ।

तालिमको प्रशिक्षकमा जिल्ला शिक्षाकार्यालयका विद्यालय निरिक्षक हेमकुमार ढकाल, युवा सशक्तिकरण कार्याक्रमएभरेष्ट क्लव, दैलेखकाकार्यक्रम संयोजक टेकराजआचार्य र मिलअधिकृत रमेश थापा रहेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*