सह–सेक्रेटरी सहित चारजना एमालेमा प्रवेश

१४ साउन ,दैलेख । नेकपा एमालेको भातृ संगठनको क्षेत्र १ को क्षेत्रीय युवा संघ नेपालको प्रथम भेलामा नेकपा (क्रान्तिकारी)माओवादीका सह–सेक्रेटरी सहित चारजनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले काठमाण्डौंमा ओली सरकार विरुद्ध अविस्वास प्रस्तावको चर्चा चलिरहेको बेला दैलेखबाट नेकपा क्रान्तिकारी माओवादी पार्टी परित्याग गरि सह–सेक्रेटरी हर्कबहादुर शाही,जिल्ला कमिटी सदस्य क्रमशः देवीराम शर्मा,सुरेन्द्र अधिकारी,अमर माझीले एमालेमा प्रवेश गरेका हुन् ।
harkaनेपालमा कम्यूनिष्ट जन्मदेखी अहिलेसम्मको विकास क्रमलाई हेर्दा नेकपा एमालेको विधि,विचार र विधान राम्रो भएकोले आफुले नेकपा क्रान्तिकारी माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको हर्कबहादुर शाहीले बताउनुभयो । कम्यूनिष्ट विचारधारालाई माओवादी पालन नगरेकोले आफु पार्टी छोडन् बाध्य भएको हौं उहाँले भन्नुभयो । पार्टी प्रवेश सँगै एमाले पार्टी भातृ संगठनको युवा भेला बोल्दै शाही भन्नुभयो,पार्टीको निति विचार र विधान अनुसार सपना पुरा गर्न आफु एक इट्टा थपिएको दाबी गरे । नेकपा एमाले राष्ट्र राष्ट्रियताको माया र जनताप्रति बफादार देखिएकोले हामी चार जनाले एमाले प्रवेश गरेका हौं उहाँले थप्नुभयो ।
त्यसैगरि सो कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल दैलेखका अध्यक्ष पुस्कर थापाले पार्टीको मुल प्रवाहलाई रक्षा र चलायमान लागि युवाहरुको महत्वपुर्ण योगदान हुने भएकाले सक्षम युवाहरुको नेतृत्व हुन जरुरी देखीएको बताउनुभयो । अ‍ेनरास्ववियू पुर्व केन्द्रिय सदस्य रुद्रबहादुर शाहीले युवाहरु आफैमा शक्तिशाली हुने भएकोले पार्टी शक्तिशाली बनाउन ऐक्वद्धता भई संरक्षणमा महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
युवासंघ नेपालको प्रथम भेलामा बोल्दै नेकपा एमाले पार्टी दैलेखका उपाध्यक्ष प्रेम थापाले अबका दिनमा युवाहरु पार्टी सक्रिय भुमिका खेल्दै आर्थिकक्रान्तिमा अघि बढनुपर्ने धारणा व्यक्त गरे ।
नेकपा एमाले संघिय मामिला विभागका सदस्य सुर्यबहादुर शाहीले एमालेमा एकताको अभियान जारी भएका बेला प्रवेश लहर उल्लास छाएकोले पार्टी सबै अटाउने थलो समुन्द्र बनिसकेको जिकिर गर्नुभयो । नेकपा एमाले दैलखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले युवाहरुको जोश र लगशिलताले गर्दा दोस्रो संविाधन सभाको चुनावमा सिंगो पार्टी नेपालकै दोस्रो ठुलो पार्टीको बनाई सकेकाले अब हुने जुनसुकै चुनावमा पहिलो बनाउन सबै अझै कडा मेहनेत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा गुटवादलाई अन्त्य गरि जिल्लामा पार्टीको गढ जमाउन युवाको सहयोगको जरुरीपर्ने भएकोले सकारात्मको सोचलाई आत्मासात गर्नुपर्छ उनले भने ।

About Author

Comments

  1. MPK
    MPK 3 August, 2016, 16:18

    समाचार सामग्री तयार गर्दा सकेसम्म सत्यतथ्य र यथार्थपरक छाप्नु पर्यो ।

    Reply this comment

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*