अलैंची खेतीमा जम्दै पत्रकार

महेन्द्र सापकोटा
१४ साउन, दैलेख– युवाहरु विदेशिदो क्रम वढिरहेकै वेला दैलेखका केही याुवाहरु अलैंची खेतीमा लागेका छन् । खेर गइरहेको चिसो खोल्सा, भीरपाखा र ओसिलो जमिनमा कम लगानी र थोरै मेहनतमा लाखौं रुपैयाँ आम्दानी हुने भएपछि पछिल्लो समय दैलेख कुशापानीका केही युवा अलैंची खेतीप्रति आकर्षित भएका छन् ।
अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले युवाहरु व्यावसायिक रूपमा अलैंची खेती गर्न lokendraथालेका छन् । बारीमा मकै, कोदोको उत्पादन राम्रो नभएपछि खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर व्यावसायिक रूपमा अलैंची खेती सुरु गर्न लागेकोे पत्रकार तथा अलैंची व्यवसायि लोकेन्द्र पौडेलले बताए ।
खेतबारीमा जति मेहनत गरे पनि कोदो मकैको उत्पादनले लगानी पनि उठाउन हम्मेहम्मे परेकाले अलैंची खेतीको लागि अलैंची नर्सरी तयार गरेको पौडेलको भनाई छ । ‘एक पटकको लगानीले बारम्बार मुनाफा गर्न पाइन्छ’ पौडेलले भने, ‘विदेश जाने युवाहरुलाई समेत यो व्यवसायले आर्कषित गरेको छ ।’ व्यवसायिक अलैंचीको खेतीका लागि यो वर्षवाट आफैले २० केजी विऊ खरिद गरी नर्सरी तयार गरिएको पौडेलले बताए । कालो सुन भनेर चिनिने अलैंचीको उत्पादन राम्रो र मूल्य पनि गतिलै हुने भएपछि यस वर्ष अलैंची नर्सरी सुरु गरि, खेती विस्तार गर्ने उनले सुनाए ।
उनले आफैंले बनाएको नर्सरीबाट उत्पादन भएका विरुवा जिल्लामानै खपत हुने अपेक्षा गरेका छन् । जिल्लामा अलैंची खेतीका लागि दोलखा र इलामवाट प्रति विरुवा २० रुपैयाँका दरले कृषकहरुले ल्याएकै वेला सरकारी मुल्य अनुसार आफ्नो नर्सरमिा तयार भएका प्रति विरुवा ८ रुपैयाका दरले विक्रि वितरण गर्ने पौडेलले बताए । ‘२० केजी विउको नर्सरी तयार भएको छ’ उनले भने, ‘आगामि वर्ष १५ देखि २० लाख विरुवा उत्पादन गरी जिल्लाको माग अनुसार खपत हुने विश्वास छ ।’ अलैंचीको बजार राम्रो छ । उत्पादन गर्न सके अन्य नगदेबालीभन्दा राम्रो आम्दानी गर्न सकिने पौडेलले दावी गरे । मेहनत र समय कम लाग्ने र अलैंची खेतीसँगै अन्य व्यवसाय पनि गर्न मिल्ने भएकाले अलैंची खेती गर्न थालेको उनले बताए ।
प्रति केजी २ हजार देखि ४ हाजार सम्ममा खरिद विक्रि हुने भएकाले यसवाट मनग्ये आम्दानी लाभ लिन सकिने व्यवसायी पौडेलले बताए । उनले आफ्नो नर्सरीमा केहि युवालाई रोजगार समेत दिएका छन् । कम लागत र बढी मुनाफा हुने भएकाले जिल्लामा पछिल्लो समय अलैंची खेतीप्रति किसान तथा युवा पिडिहरु आकर्षित भएको कृषि कार्यालय दैलेखले जनाएको छ । ‘खेर गएको भीरपाखा, ओसिलो जमिन, सीम क्षेत्रमा यसको खेती गर्न सकिने भएकाले खेर गइरहेको जमिनबाट उत्पादन लिन सकिने भएकाले पनि जिल्लामा अलौंची खेतीप्रति कृषकको आर्कषण वढेकको जिल्ला कृषि विकास कार्यालयका कार्यक्रम अधिकृत राजु भुजले बताए । जिल्ला कृषि विकास कार्यालयले यो आर्थिक वर्षमा जिल्लामा ९० हजार अलैंचीको विरुवा वितरण गरेको अधिकृत भुजले वताए । ‘कार्यालयले काभ्रेवाट विरुवा ल्याई किसानहरुलाई ढुवानी अनुदानमा वितरण गरेको छ’ भनले भने, ‘प्रति विरुवा १२ रुपैयाका दरले खरिदमा परेकाले ढुवानी अनुदानमा जिल्लामा १२ रुपैयामा कृषकलाई वितरण गरिएको छ ।’ अलैंची नेपालकै वढि निर्यात हुने वाली भएकाले पनि कृषकहरुमा यसको आर्कषण पनि उत्तिकै भएको कृषि कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार दैलेखमा २३ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको र अलैंची छिमेकी मुलुक भारत, बंगलादेश र चीनमा समेत निर्यात हुँदै आएको छ । अलैंची औषधि, मसला र कस्मेटिक सामान बनाउन प्रयोग हुने भएकाले यसको माग दिनप्रतिदिन बढ्दै गएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*