नौमुलेमा जुवाडे पक्राउ

१४ साउन, दैलेख –दैलेखको नौमुलेमा जुवा खेलीरहेका पाँच जना जुवाडेलाई इलाका प्रहरी कार्यालय नौमुलेले पक्राउ गरेको छ । पछिल्लो समय जुवाको अखडा वनेको नौमुलेमा प्रहरीको निगरानी पछि जुवा खेलीरहेका स्थानीयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा थप अनुसन्धानको लागि ल्याइएको हो ।
बुधवार नौमुलेबजार स्थित एमाले गाउँ कमिटी द्धारीका अध्यक्ष समेत रहेका शशीलाल पुरीको घरबाट १ लाख १ हजार १ सय ५० रुपैँया सहित जुवाखालबाट ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरीले ल्याएका थिए । पक्राउ पर्नेहरुमा शशिलाल पुरी, कर्णबहादुर खत्री, भविराम बुढा, रत्नबहादुर खत्री र लक्ष्मीराम सिजाली रहेका छन् ।
उनीहरुलाई नेताको दववाका विच जिल्ला प्रहरी कार्यालयले जुवा ऐन २०२० को दफा ३ बमोजिम मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । दफा ३ मा जुवा खेल्ने, खेलाउने र हेर्ने सवैलाई मुद्दा चल्नेछ । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ’ दैलेख प्रहरी प्रवक्ता भुवनेश्वरप्रसाद साहले भने, ‘जुवाडे छोड्न दवाव आएपनि अनुसन्धान सकेसगै मुद्दा जिल्ला अदालतमा दर्ता हुन्छ ।’
उनीहरु पक्राउ परेसंगै छुटाउनका लागि नेताहरुको दवाव परेको स्थानीयहरु बताउँछन् । नौमुलेमा एक सातादेखी लाखौंको जुवा चलेको सुचना प्रहरीले पाएपछि जुवाखालबाटै उनीहरुलाई पक्राउ गरिएको हो । नौमुलेमा हप्तादिनसम्म चलेको जुवामा एकै पटक ५ लाखसम्मको जुवा बाजी थापिएको स्थानीयले बताएका छन् । प्रहरीले जुवाडेहरुलाई पक्रन विशेष अप्रेशन चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी वीरबहादुर ओलीले बताए । दैलेखबजारका दर्जनौ ठाँउमा जुवा अखडा रहेका छन् । ती अखडा गोप्य हुँदा प्रहरी पुग्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा पक्राउ गरेर ल्याएका जुवाडे छुटाउन राजनितिक दल र स्थानीयको लर्को लगेको छ । पाल्लैपालो दलका नेताहरु जुवाडे छुटाउन प्रहरीमा लर्को लागेका हुन् । नौमुले बजारबाट पक्राउ गरेर ल्याएका जुवाडेहरुलाई छुटाउन नेताहरु प्रहरीमा लर्को लागेको जाने गरेका छन् । काँग्रेस, एमालेका नेताहरु आफ्ना पार्टीका जुवाडेहरुलाई छुटाउन प्रहरीमा धाएका हुन् । तर जिल्ला प्रहरी कार्यालय दैलेखले भने कसैको दवामा जुवाडेहरुलाई नछाडिने र जुवा ऐन २०२० को दफा ३ बमोजिम मुद्दा दर्ता गर्ने जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*