प्रदुशित पानी आपुर्ती गरेको भन्दै युवा संघद्धारा प्रशासनको ध्यानाकर्षण

१४ साउन, दैलेख – दैलेख सदरमुकाममा आपूर्ति हुँदै आएको खानेपानी स्वस्थकर नभएको भन्दै युवा संघ नेपाल नगर कमिटी दैलेखले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

निरन्तर वर्षात र वाढि पहिरोका कारण पानीका मुहानहरु दुषित बन्दै गएपछि सर्वसाधारणको जनजीवनमा नकारात्मक असर परी दुषित ubasangपानीका कारण विभिन्न रोगहरुको प्रकोप वढ्ने सम्भावना देखिएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको युवा संघ नेपाल नगर कमिटी अध्यक्ष टोपेन्द्र कुमार थापाले बताए । “सायैको संख्यामा रहेका धाराबाट आउने पानी हजारौ सर्बसाधारणले पीउने गरेका छन् तर जिल्ला खानेपानीले दुई महिना देखि पीउस राखेको छैन यो कस्तो लापरबाही हो ?” थापाको प्रश्न छ । झाडापखाला, भाइरल ज्वरो जस्ता रोगहरुले जिल्लाबासी मर्कामा छन् तर सरोकारवाला निकाय यसमा ध्याननै दिदैन यसैले हामीले कुरा उठाउन बाध्य भएका हौ थापाले जानकारी दिए । दैलेख सदरमुकाममा आपूर्ति हुँदै आएको खानेपानी स्वास्थ्यकर नभएको भन्ने चौतर्फि जनगुनासो आउन थालेपछि ध्यानाकर्षण गराउनुपरेको अध्यक्ष थापाको भनाई छ ।
स्थानीय प्रशासन तथा विभागिय कार्यालयहरुको ध्यान पुग्न नसक्नु दुखद कुरा भएको वताउँदै थापाले सदरमुकाममा आपूर्ति हुने खानेपानी ट्यांकीको नियमित सरसफाई, किटनासक औषधि र शुद्धिकरणको व्यवस्था गर्न पर्ने र सम्बन्धित निकाय मुकदर्शक नभई जिम्मेवार हुन आग्रह गरिएको जानकारी दिए ।
यस प्रति तत्काल कार्यान्वयन नथालिएको अवस्थामा चरणवद्ध आन्दोलन गरिने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराइले नगर युवाहरुले गरेको यस कामको प्रशंसा गर्दै तत्काल आफुले यसलाई कार्यान्वयन गर्ने बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*