लोकेन्द्र जिसी कुमारको तीज गीत वजारमा, होर्नुस भिडीयो सहित

१४ साउन , दैलेख । गायन, शब्द संकलक र मोडेलको रुपमा अगाडि वढेका दैलेखी कलाकार लोकेन्द्र जी सि (कुमार)को तीज गीतको कोशेली ‘मेरो कानैको झुम्काना हरायो’ भन्ने चर्चीत गीत हालै वजारमा आएको छ । दैलेखको एक गहनाको रुपमा स्थापीत भएका कलाकार जिसीको छोटो समयमा यो गीतले वजार निकै तताएको छ ।
नेपाली चेलीवेटिहरुको महान चाड पर्वलाई मध्येनजर गरेर ल्याईएको यस गीत उट्पट्याङ नभएर सवैले सुन्ने खालको रहेकोछ । दुईवटा दोहोरी गितहरु वजारमा ल्याउने तयारी गरेको गायक लोकेन्द्र कुमार जि.सी.ले वताउएका छन । मायालाई पैसामा किन्छु नभन भन्ने गित वजारमा आईसकेको वताउने जि.सी.ले सवैको मायाले गर्दा पनि यो क्षेत्रमा लाग्ने हौसला पाएको वताएका छन् ।

करिव दुई दर्जन म्युजिक भिडियोमा अभिनय समेत गरेका गायक एवं शब्द संकलक जिसीले दैलेखको पहिचान गराउनमा समेत एक स्थानबाट महत्वपुर्ण भुमिका खेलेका छन । धेरै गीतमा शब्द संकलन गरेका जिसीले पछिल्लो समयमा श्रोता, दर्शकहरुको चाहना अनुसार गीत पनि गाएकोे र उक्त गीतहरु राम्रो संग चलेको वताएका छन् । उनले माफ गर प्रियसी भुल हुन सक्छ भन्ने गीतमा गायनका साथै अभिनय समेत गरेको निकै नै उत्कृष्ट रहेको छ । यूटुवमा धेरैले हेरेको यस गीत केटाकेटि देखि वुढा सम्मको मुखमा झुण्डियको पाईन्छ ।
केहि महिना भित्र श्रोता र दर्शकको चाहाना अनुसारको गीतहरु वजारमा ल्याउने तयारी गरेका जिसीले दैलेखमा लोक तथा दोहोरी प्रतिष्ठानको तदर्स समितिको अध्यक्ष रहेर छरिएर रहेका कलाकारहरुलाई एक ठाउँमा ल्याउन निकै नै मेहनत गरेको वताउँदै सदैव यस प्रतिष्ठानले दिएको जिम्मेवारी वहन गर्ने वताउँछन ।
दुई दर्जन भन्दा वढि स्टेज शो मा आफ्नो कला प्रर्दशन गरेका जिसिले म्युजिक भिडियोमा पनि अभिनय गर्ने गरेको छन् । वि.स.२०६५ सालबाट गायन क्षेत्रमा प्रवेश गरेका जिसीले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको जिल्ला तदर्स समिति गठन गर्न समेत सफल भएको वताउँछन् । उत्कृष्ट शब्द संकलन रहेको माया गर्ने मुटुलाई रेटिसक्यौ भन्ने गीत रामजी खाण र टिका पुनले गाएका थिए उक्त गीतले निकैनै चहलपहल गराएर जिसीलाई एक खुडकिलो चढ्न सफल बनाएको हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*