शिक्षकहरुको महासंघ गठन

Teacherकाठमाडौँ । नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चलाई गाभेर नेपाल शिक्षक महासंघ गठन गरिएको छ ।
यसको औपचारिक घोषणा आज विशेष कार्यक्रमको आयोजना गरी गरिएको छ ।
युनियन र मञ्चका १८ घटकका अध्यक्षहरु रहने गरी अध्यक्ष मण्डल गठन गरिएको छ र आगामी १० दिनभित्र तिनै अध्यक्षमध्येबाट तदर्थ समिति गठन गरी एक जना अध्यक्ष चयन गरिने बताइएको छ ।
महासंघ गठनसँगै आजैबाट युनियन र मञ्च विघटन भएको छ ।
शिक्षा ऐनमा शिक्षक युनियनले मान्यता पाएको छ । महासंघलाई भने ऐनमा संशोधन गरी समेटिने जनाइएको छ ।
युनियन विघटन गरिएको प्रति अझै पनि थुप्रै युनियनिष्टहरु रुष्ट छन् भने विगतमा युनियनमा भएको आर्थिक अनियमितताको छानविनको च्याप्टर बन्द हुन पुगेको छ । यसबाट विगतमा अनियमितता गरेकाहरु निकै दँग परेको बताइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*