हावा हुरीले मकैमा क्षति

२१ साउन, दैलेख –जिल्लाको लेकाली भेगका गाविसहरुमा भरर्खर पसाउनल लागेको मकैमा विहीवार साँझ वर्षात संगै आएको हावा हुरीले मकैवालीमा क्षति पु¥याएको छ । दैलेखका पूर्वि गाविस द्धारी, वालुवाटार लगाएतका गाविसमा विहीवार साँझ आएको हावा हुरीले मकै वालीमा क्षति पु¥याएको हो ।

जिल्लाको पूर्वि भागमा आएको हावाहुरीले किसानले लगाएको मकै भाँचेको छ । एक्कासि ठूलो हावा चलेपछि मकै वाली नष्ट भएको द्धारी– ८ भाँडेका वडानागरिक मंचका संयोजक गंगाराम सापकोटाले जानकारी दिएका छन् । द्धारीको १ देखि ९ वडासम्म हावाले मकैवालीमा पूर्ण क्षति पु¥याएको संयोजक सापकोटाले बताए । ‘गत वर्ष भन्दा यो वर्ष मकै धेरै राम्रो थियो’ संयोजक सापकोटाले भने, ‘राम्रो संग कोसा हाल्न नपाउँदै हावाले क्षति ग¥यो, यो वर्ष पनि यस भेगमा स्थानीय खाद्य संकटको चपेटामा पर्ने भए ।’ मकैमा हावा हुरीले क्षति पु¥याएसंगै खाद्यान्न समस्या निम्तिने स्थानीयको भनाई छ ।
यो वर्ष मकै वालीका लागि प्रतिकुल मौसम भएका वेला धान बालासँगै कोसा हाल्न लागेको मकै हावाहुरीले भाँचेपछि किसान चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार हावा हुरीले क्षति पु¥याएका स्थानको कृषि प्राविधिकवाट अवलोकन क्षतिका वारेमा जानकारी लिने बताइएको छ । जिल्लामा २० हजार १ सय ५० हेक्टर क्षेत्रफलमा मैकै खेती गरिँदै आएपनि वर्षेनी हावा हुरीले मकै उत्पादनमा ह्रास आउने गरेर छ ।
जिल्ला कृषि विकास कार्यालय दैलेखले गत आव देखि मकै उत्पादनमा वृद्धि ल्याउन जिल्लाका २० गाविस को ८ हेक्टर क्षेत्रफलमा मध्यपहाडि वृहत्तर मकै कार्यक्रम संचालन गरेको कार्यालयका योजना अधिकृत राजु भजले बताए । ‘उत्पादनमा वृद्धिका लागि यस कार्यक्रम अन्तरगत २० टन मकैको विउ ७५ प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेका हौं’ योजना अधिकृत भुजले भने, ‘अहिलेको मौसम अनुसार मकैमा कुनै समस्या नआए यस कार्यक्रमवाट कृषकले राम्रो प्रतिफल पाउने आसा गरेका छौ ।’

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*