‘चाँडै मन्त्रिमण्डल विस्तार हुन्छ ’ ः मन्त्री लेखक

२२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने,‘मन्त्रिपरिषदको दोस्रो बैठकको निर्णयसँगै तीन lekhakबुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको छ, यो ऐतिहासिक कदमले सकरात्मक प्रभाव परेको छ ।’
लेखकले मन्त्रीपरिषदको उक्त निर्णयसँगै मधेशी मोर्चा संविधानको विषयमा छलफल गर्न तयार भएको दाबी गरे । संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको उनको विश्वास थियो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार आवश्यक कानुन निर्माणको लागि अघि बढ्छ , अरु निर्वाचन गर्ने तयारीमा लाग्छौं ।’
लेखकले एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउनका लागि मात्रै नयाँ सरकार गठन नगरिएको दाबी गरे । उनले थपे,‘अघिल्लो सरकारले मुलुकका राष्ट्रिय एजेण्डालाई सही ढंगले सञ्चालन नगरेकै कारण अहिले नयाँ सरकार गठन गरिएको हो ।’ मन्त्री लेखकले सरकारले संविधानको सर्वस्विकार्यता, संविधानको कार्यान्वयन, भुकम्पपीडितलाई राहत, मुलुकको पूर्ननिर्माण, शान्ति, सुव्यवस्था, सुशासन लगायतका राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने बताए ।
उनले नयाँ सरकारले छिट्टै पुर्णता पाउने भन्दै काँग्रेसबाट समेत मन्त्रीमण्डलमा छिट्टै उपर्युत प्रतिनिधित्व हुने बताए । उनले भने,‘काँग्रेसलगायत अन्य पार्टीहरुबाट समेत चाँडै नाम टुँगो लाग्छ, मन्त्रिमण्डलले छिट्टै पूर्ण आकार लिन्छ ।’
उक्त अवसरमा क्लबका अध्यक्ष धमलाले मन्त्री लेखकलाई अभिनन्दन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*