आमा बुवाको सम्झनामा वृद्धाश्रमलाई एक लाख सहयोग

२४ साउन, सुर्खेत ।
आफ्ना आमा बुवाको सम्झना गर्दै वीरेन्द्रनगर १७ लाटिकोइलीमा रहेको प्रशान्ति वृद्धाश्रमलाई एक लाख सहयोग गरेका छन् । वीरेन्द्रनगर नगरापालिका–२५ सुनपुरका अजुनदेव गिरी र नन्दा गिरीको दम्पतिले आश्रमलाई एक लाख १ हजार एक सय पाँच रुपियाँ सहयोग गरेका हुन ।
दम्पतिले शनिबार आश्रममा गएर स्वर्गीय आमा सीता गिरी र बुबा चन्द्रदेव गिरीको सम्झनामा वृद्धाश्रमलाई सहयोग गरेका हुन । उनीहरुले amaआश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।
जेष्ठ नागरिकको सम्मान र सबैले हेरचाहा गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो आमाबुबाको सम्झनामा सहयोग गरेको उनीहरुले बताए । पुर्खालाई सम्झेर अरुलाई सहयोग गर्दा आत्म सन्तुष्टी उनीहरुको भनाई छ ।
आश्रमले स्थापना गरेको अक्ष्य कोषमा ३३ लाख पुगेको छ । १ करोड रुपियाँ पु¥याउने लक्ष्य लिएको अक्ष्य कोषमा सहयोगी हातहरु बढ्दै गएको अक्ष्यकोष अभियानका संयोजक भद्र भण्डारीले बताए । अक्ष्यकोषमा ५० हजार भन्दा माथि सहयोग गर्ने १६ जना रहेको उनले जानकारी दिए ।
उनका अनुसार तीन सय ४९ जना आश्रमको आजिवन सदस्य बनेका छन् । आश्रमले स्थापना गरेको अक्ष्य कोषको ब्याजले मात्र आश्रम संचालन गर्न सकिने भएकोले अक्ष्य कोष अभियान ल्याएको भण्डारीले बताए । अहिले आश्रमममा १२ जना वृद्धवृद्धा रहेका छन् । यसैवीच प्रत्येक शनिबार हुने भोजनभजन कार्यक्रमको आयोजा ठकुरी एकता समाज सुर्खेले गरेको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*