हिलाम्य सडकमै गुड्छन गाडी, सरोकारवाला निकाय भने मुखदर्शक

नमन शाही     . ७ भदौ, दैलेख । जिल्लाको सडक निर्माणमा वर्षेनी लाखौ रुपैया खर्च हुने गरेको सरोकारवाला निकायको दावि भए पनि वर्षायामको शुरुवाती सँगै सबै सडकको अवस्था हिलाम्य हुन गरेको छ ।
जनताको सेवाका लागि सडक निर्माण त सरकारले गर्छ तर त्यसका मर्मतका लागि सामान्य ध्यान नदिदा वर्षा सुरु भएसँगै कच्ची सडकको ssअवस्था नाजुक बन्ने गर्दछ । स्थानीयलाई वर्षाले बेहाल पारेका सडक खेप्दा खेप्दै दैनिकी जस्तै भैसकेको छ । यस वर्षको वर्षासँगै जिल्लाका अधिकांश सडक हिलाम्मे भएका छन् । पहिरो पन्छाएर यात्रा गर्नु, भासिएका यातायातका सवारी ठेल्नु यात्रुको नियमीत कामजस्तै बनेको छ । जिल्ला सदरमुकमको नाराण नगरपालीका भित्रकै सडकहरु यातायात चल्न नसक्ने अवस्थामा छन् । जिल्लाको महत्वपूर्ण सकडक मध्येको दैलेख महाबु सडक खण्डमा सडकको स्तर उन्नतीको काम असार मसान्त सम्म गरि सक्नु पर्ने भए पनि ठेकेदारको लापरबाहीका कारण आधा काम पनि हुन सकेको छैन् । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले जथाभावी मोरगं निकाल्दा बेलासपुर देखि भैसेखोर सम्मको बाटो खेत जस्तै भएको छ । हालै स्थानिय तहको पर्नसंरचनाका लागि रानीबनको गैडाबाज हिडेको प्राविधिक टोलीको गाडी हिलोम फस्दा टेक्टर लगाएर तान्नुपरेको टोली प्रमुख पूर्णनाथ योगीले जानकारी दिए । सरोकारवाला निकायले समयमै ध्यान नदिदा वर्षायाम सँगै यस क्षेत्रका बासिन्दालाई सास्ती हुने गरेका स्थानियले बताए । नारायण नगरपालिका प्रवेश गर्ने मुख्य सडकका रूपमा रहेको माल्ली सडकको अवस्थासमेत नाजुक छ ।
aaत्यस्तै दुल्लु नगरपालिकाभित्रै रहेको मुख्य सडकमा साना यातायातका सवारीसाधान चल्न नसक्ने अवस्था छ । दुल्लु नगरभित्रको सडक निर्माणमा नगरपालिकाले चासो नदिएकै कारण यस्तो समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ । दुल्लु नगरपालिकाको पटांगिनी देखि चगत्रा बजार सम्मको हिलाम्मे सडकमा बटुवा हिँड्न पनि मुस्किल हुने गरेको छ । मध्येपहाडी राजमार्ग देखि सडकबार्डले हात हालेका कुनै पनि सकडको अवस्था राम्रो छ्रन बरु विगत भन्दा नाजुक अवस्थामा पुगेको छ भन्छन जिल्लाबासी । मध्येपहाडी राजमार्ग अन्तरगत पर्ने जग्नाथ देखि सिडौडी सम्मको सडकमा यातायतका साधन चल्ने अवस्था छैन । केहि भागमा गाडी चले पनि ति गाडी धकेल्नु र तान्नु निहेती जस्तो भएको छ । बारम्वार सडकको मर्मतका लागि अनुरोध गर्दा पनि मध्येपहाडी राजमार्गको लापरबाहीका कारण यस्तो समस्या आएको स्थानियको आरोप छ । राजमार्गका विभिन्न बाटामा करोडौको रकम खर्चिने तर त्यसको सदुपयोग नहुने गरेकाले समस्या आएको उनिहरुको तर्क छ । यस वर्षको वर्षाले सडकबोड अन्तरगत कर्णाली राजमार्गको दैलेख सडक खण्डको अवस्था पनि कम छैन । खडकाबाडाको सेप्टी देखि तल्लोडुगेंस्वर सम्म र सिगौडीको जाक्सी देखि राकम कर्णाली सम्मको सडक खण्डमा साना सवारी साधनलाई हम्मे हम्मे हुने गरेको छ ।
दैलेख–नौमुले जोड्ने महत्वपूर्ण सडकमा समेत वर्षाका कारण यात्रु समस्यामा पर्दै आएका छन् । नौमुले हुँदै कालिका जोड्ने सडकको अवस्था पनि नाजुक छ । दैलेख–चुप्रा हुँदै बेस्तडा जाने सडकको चुप्रादेखि सिमाडासम्मको खण्डमा हिलोका कारण यातायातका साधन चल्न सकेका छैनन् । अहिले बस सेवासमेत बन्द भएको छ । कर्णाली राजमार्गको सांगेतडा देखि चामुण्डा सम्मको सडकमा पनि ठाउँ ठाउँमा ठूला ठूला खाल्डा सँगै हिलो हुदा सवारी साधन चल्लन सकेका छैनन् भने रामगाड बजार देखि तिलेपाडा सम्मको बाडोको पनि अवस्था यो भन्दा कुनै फरक छैन ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*