अस्पतालभित्र आत्मघाती हमला, ४२ को मृत्यु

एजेन्सी – पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक अस्पतालभित्र आत्मघाती बिस्फोट गराउदा ४२ जनाको मृत्यु भएको छ । क्वेटामा सोमबार गरिएको सो बिस्फोटमा ३० जना बढी घाइते भएका छन् ।

एक वेग्लै घटनामा मारिएका वकिललाई भेट्न अस्पताल पुगेका शोकाकुल मानिसहरुको भिडलाई लक्षित गरि सो बिस्फोट गरिएको pkisthanबताइएको छ । बलुचिस्तान बार एशोशियसनका अध्यक्षको मृत्युको शोकमा थुप्रै सञ्चारकर्मी र वकिल अस्पताल परिसरमा भेला भएका थिए । आक्रमणकारीले आत्मघाती बम हमला गरेको बलुचिस्तानका गृहमन्त्रीले जानाकारी दिए । विस्फोट हुँदा आपतककालि कक्षामा वकिलको शव नजिकै शोकाकुल ठूलो भीड जम्मा भइरहेकै बेला बिस्फोट भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

आक्रमणको कुनै पनि समुहले जिम्मा लिएको छैन् । बिस्फोट हुँदा अस्पतालभित्र कोलाहल मच्चिएको थियो । बिस्फोटमा फोटो पत्रकार, चिकित्सक, वकिल, विरामी लगायत सर्बसाधरण नागरिक परेको बताइएको छ ।

बिस्फोटपछि प्रहरीले अस्पताललाई घेरा हालेर सुरक्षा प्रदान गरेको छ । बिस्फोटपछि क्वेटाका सम्पूर्ण अस्पतालमा आपतकाल घोषणा गरिएको छ । सो अस्पताललाई यसअगाडि आक्रमणको कुनै चेतावनी दिइएको थिएन ।

– See more at: http://swasthyakhabar.com/2016/08/57400.html#sthash.kAEVkFwb.dpuf

Categories: प्रवास

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*