साना सिँचाइलाई स्विट्जरल्यान्डको पौने दुई अर्ब रुपैयाँ अनुदान

switzerlandकाठमाडौँ । स्विट्जरल्याण्ड सरकारले साना सिँचाइ कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रू. एक अर्ब ७८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा मङगलवार आयोजित एक कार्यक्रममा सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा अर्स हेरेनले सो सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

कृषि उत्पादकत्व वृद्धि र कृषिमा आय बढाउने उक्त कार्यक्रमको लक्ष्य रहेको छ ।

आधारभूत सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका किसानहरुको जीवनयापन सुधार गराउनु उक्त कार्यक्रमको अर्को उद्देश्य हो ।

आगामी चार वर्षका लागि प्रदान गरिएको उक्त रकम रामेछाप, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, उदयपुर, अछाम, दैलेख, कालीकोट र जाजरकोटमा कार्यक्रम कार्यान्वयन गर्न उपलव्ध हुनेछ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयन गर्ने उक्त कार्यक्रमअन्तर्गत साना किसानले प्रवद्र्धन गरेका एक हजार ८ सय साना सिँचाइ योजनाको निर्माण एवम् सम्भार गरिनेछ ।

उक्त कार्यक्रमबाट १५ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने बताइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*