पत्रकार डेकेन्द्रराज थापाको बाह्रौं स्मृति दिवस मनाइयो

साउन २७ दैलेख । बाह्र बर्ष अघि २०६१ साउन २७ गते तत्कालिन् बिद्रोही ाओवादीद्धारा अपहरण गरी ज्यूदै खाल्डोमा गाडिएका पत्रकार डेकेन्द्रराज थापाको १२ औं स्मृति दिवस दैलेखमा मनाइएकोछ ।

दैलेखमा विहिवार पत्रकार थापालाइ सम्झदै अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरीएको हो । सार्वजनिक विकास,नागरिक पत्रकारिता र डेकेन्द्र 774190_10200399717055848_442934345_oविषयक उक्त अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार थापाको जीवनी र योगदानका वारेमा चार्चा गरेका थिए् । जिल्लास्थित राजनैतिक दल,नागरीक समाज,पत्रकार लगायत सरोकारवालाहरु उपस्थित उक्त कार्यक्रममा धेरैजसो सहभागीले पत्रकार थापाको हत्या प्रकरण र हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुलाई कारवाहीको माग गरेका छन् ।
कार्यक्रममा वोल्दै राजनैतिक दलका प्रतिनिधीहरुले पत्रकार थापाको कार्यशैली र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै हरेक क्षेत्रले उनका व्यवहारलाई अनुसरण गर्न सके समाज विकासले फड्को मार्ने भनाईहरु व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी जिल्लाका क्रियाशिल पत्रकारहरुले हत्याविरुद्धको आन्दोलनमा भोगेका अनुभुती र अझै अपुरो रहेको न्यायका लागि अगाडी वढ्न सवैको साथ र सहयोग अपरिहार्य रहेको वताएका थिए । खुला छलफलको रुपमा संचालन गरीएको उक्त कार्यक्रममा आफ्ना भनाई राख्ने अधिकांस सहभागीले पत्रकार थापाको स्मृतिलाई कायम राख्न आ आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रमका वोल्दै प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले पत्रकार थापाले अवलम्वन गरेका समाज परिवर्तनका उत्तरदायि भुमिकालाई हरेक क्षेत्रले अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको कुरा राखेका थिए । पत्रकार थापाको बाह्रौं स्मृति दिवस मनाउदा सम्म पत्रकार थापाको हत्यामा संलग्न मुख्य चारजना अभियूक्तहरु फरार रहेको भन्दै प्रहरीले अझैसम्म पक्राउ गरेको छैन । अन्य चारजना हत्यामा संलग्न मतियारहरुले जेल सजाय काटी सकेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*