आयोजक समितिको बैठक गर्ने माओवादी केन्द्रको निर्णय

साउन २८, काठमाडौं । माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ ।_DSC0734
शुक्रबार बिहान लाजिम्पाटमा बसेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*