हट्दैछ ढिके नुन

dhike noon saltकरिब दश वर्ष अधि सम्म ढिके नुन मात्र प्रयोग हुने हुम्लामा हाल आयोडिन यूक्त नुनको प्रयोगमा वृद्धि भएको छ । ढिके नुन तीव्वतबाट आर्यात हुन्थ्यो । ढिके नुन ल्याउनको लागि खसी, घोडा, खच्चर लगयातका स्थानीय यातायातका साधनहरु लिएर तीव्वतको ताक्लाकोटमा प्राय वर्षा याममा पुग्ने हुम्लीहरु हल मैदा, सिमेन्ट, रक्सी लगातका सामाग्रीहरु ल्याउने गर्दछन् ।

नेपाल सरकारले भारतको सहयोगमा आयो नुन सहुलियत दरमा दुर्गम भेगका जनतालाई वितरण गरेयता ढिके नुनको प्रयोग कम हुदै आएको छ । ढिके नुनमा आयोडिन नहुने भएकोले यसको प्रयोगले गर्दा गलगाठ जस्ता रोकहरुको वृद्धि भएको सचेतना गराउदै आयो नुन वितरणमा व्यापकता ल्याईएको हो । आयो नुनको प्रयोगले गलगाठ जस्ता रोगहरुको रोकथाममा सहयोग हुने कुरा स्थानीयहरुमा सचेतना गराउदै नेपाल सरकारले यसको अनुदानका साथ वितरणमा व्यापकता ल्याएको छ । आयोडि यूक्त नुनको प्रयोगले मानिसमा गलगाठको समस्या नआउने सरकारको प्रचार भएता पनि पशुवस्तुको लागि यो नुन उपयूक्त नहुने स्थानीयको अनुभव छ । पशुवस्तुमा यो नुन प्रयोग गर्दा तुहाउने जस्ता रोगमा वृद्धि आएको कुरा स्थानीयको भनाई रहेको छ । यसकारण अधिकाश स्थानीयहरु प्शुवस्तुको लागि ढिके नुन आर्यात गर्नको लागि हिल्सा नाका हुदै तीव्वतको ताक्लाकोट, टाके नाका हुदै तीव्वतको क्वाकताङ, दोजाम नाका हुदै तीव्वतको च्वाखाला जाने गर्दछन् ।

ढिके नुनले हुम्लाको स्थानीय जिविकोपार्जनमा प्रभाव पार्दै आएको छ । आज भन्दा करिव ५÷६ वर्ष अघि सम्म वस्तु विनिमय प्रथा प्रचलननमा थियो जसको लागि हुम्लामा व्यासी थपाल्या समुदाय र लामा भोट्या समुदायका मानिसहरुले तीव्व्तबाट ढिके नुन ल्याएर हुम्लाकै दार्म, जैर जुम्लाका विभिन्न स्थान र अछाम सम्म पु¥याई चामलसँग दुई खुट्टे चार खुट्टे –दुई पाथी नुनको चार पाथी चामल) दरमा विनिमय गर्ने प्रचलनन थियो । यसले हुम्ली समाजको जिविकोपाजनमा सहयोग गर्दै आएको थियो । यसैले हुम्लाको स्थानीय समाजमा ढिके नुनले प्रभाव पार्दै आएको छ भन्दा फरक नपर्ने स्थिती छ । ढिके नुन हुम्ली समाजको गौरव हो, हुम्लाको ऐतिहासिक पाटो हो । हुम्ली समाजको जिविकोपार्जनको एक मुख्य श्रोत हो । आज राज्यले दुर्गम भेगका जनताकमो अनुदानको नाममा आयोडिन यूक्त नुन वितरण गरेर जस लिने काम मात्र गरेको छ । राज्यले अनुदानमा नुन त वितरण ग¥र्यो तर त्यसले स्थानीय समाजमा के कस्तो प्रभाव पारेको छ, त्यसको मूल्याङकन भने गरेको छैन् । यसैले लगानी गर्नु मात्र ठूलो कुरा होईन लगानीको प्रतिफल के कति छ त्यसको पनि हेक्का राख्न आवश्यक छ ।

Categories: अर्थ, समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*