प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका शरणार्थी आयुक्तबीच भेट

साउन २९, काठमाडौं । प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्त ग्रण्डीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई bhetज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना दिएका थिए । भेटमा ग्राण्डीले भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराउदै बाँकी रहेका भुटानी शरणार्थीको समस्या पनि छिटै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।
जवाफमा प्रधानमन्त्रीले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थीरता र समृद्धिको दिशामा अगाडि बढ्ने ग्राण्डीलाई जानकारी गराएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*