चैत्रमा स्थानीय तहको निर्वाचन हुन्छ ः मन्त्री पाण्डे

२ भदौं, काठमाडौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले चैत्रमै स्थानीय तहको निर्वाचन गर्ने दाबी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने,‘तपाईहरु ढुक्क हुनुहोस्, हामी चैत्रभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्छौं, सरकारको मुख्य ध्यय नै अहिले चुनाव गराउनु हो ।’ उनले संविधान कार्यान्वयनको लागि पनि सरकारले pandyaतीन वटै निकायको चुनाव तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको जनाए ।
मन्त्री पाण्डेले असोज मसान्तसम्म आयोगले निर्वाचन सम्बन्धी तयारी गरे आफूहरु फागुण चैत्रसम्म निर्वाचन गर्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले अघि थपे,‘आयोगको कार्यकाल फागुण मसान्तसम्म छ, असोजसम्बन्धी निर्वाचनको काम गरोस भन्ने हाम्रो चाहना हो, हामी जुनसुकै हालतमा निर्वाचन गराएरै छाड्छौं ।’
बालानन्द पौडेलको नेतृत्वमा रहेको राज्य पूर्नसंरचना आयोगले सिफारिश गरेको संख्यामा कुनै विवाद नभएको उनले तर्क गरे । पाण्डेले अघि थपे,‘अहिले आयोगले ३६५ को संख्याको सिफारिश गरेको छ, यसबारेमा विवादको हल्ला चलेको छ, यो संख्यामा तलमाथि हुन्छ ।’ उनले जनताको अधिकार कटौति नहुनेगरि संख्या निर्धारण हुनेमा आफू ढुक्क रहेको बताए ।
मधेशी मोर्चाले यही संख्यालाई आधार मानेर निर्वाचन गरिए बहिष्कार गर्ने चेतावनी दिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री पाण्डेले भने,‘यसमा लुकाउनुपर्ने केही कुरै छैन, मोर्चाका साथीहरुले संविधान संशोधन नभएसम्म अहिले निर्वाचनको कुरा अघि नबढाउन आग्रह गर्नुभएको हो, तर हामी उहाँहरुलाई समेत विश्वासमा लिएर अघि बढ्छौं ।’ उनले गाँठो परेका सबै खाले राजनीतिक समस्याहरुलाई वार्ता तथा सहमतिको माध्यमबाट हल गर्दै अघि बढ्ने स्पष्ट पारे ।
चुनाव नगर्ने दिशामा सरकार अघि बढेकोे एमालेको आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले प्रष्ट पारे,‘यसमा कुनै सत्यता छैन, हामी चुनाव गर्नकै लागि आएका हौं, यसमा कुनै विवाद छैन, संविधान कार्यान्वयन र भुकम्पपीडितलाई अनुदान र सहयोग समयमै दिनको लागि पनि तीनवटै निकायको चुनाव समय तालिकाभित्रै गर्नुपर्नेछ, सरकार यसमा पूर्ण प्रतिबद्ध छ ।’
सरकारले जनतालाई राहत महशुस हुनेगरि काम अघि बढाएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने,‘पहिलो क्याविनेट बैठकबाटै हामीले ४५ दिनभित्र पहिलो किस्ता भुकम्पपीडितलाइ पुर्याउन निर्देशन दिएका छौं, पूर्ननिर्माण प्राधिकरण यसमा गम्भिर छ ।’
संविधानलाई सर्वस्विकार्यता बनाउनको लागि मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नेगरि सरकारले संविधान संशोधन विद्येयक अघि बढाउने समेत उनको विश्वास थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष धमलाले मन्त्री पाण्डेलाई मन्त्री भएकोमा बधाई तथा अभिनन्दन गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*