टाकटुके जात्रा सम्पन्न

२ भदौ, दैलेख । एक महिना लामो बर्षे मेला अन्र्तगत विहिबार सदरमुकाम लगाएत जिल्लाका विभिन्न भागमा टाकटुके जात्रा सम्पन्न भएको छ ।
tajtyje1नेवारी समुदायले अफ्नो मुख्य पर्बका रुपमा रुपमा रकेको टाकटुके जात्रा मनाउने गरे पनि दैलेखमा भन यसले सबैको साझा जस्तै बनेको छ । जात्रामा बजाका साथ अग्लो लिंगोमा मान्छेको आकृती बनाई सारी बेरेर लठ्ठी हान्दै यो मेला मनाईन्छ । प्राय नेपाली भेष भूषामा सजिएका यूवाहरुले यसको नेतृत्व गर्ने गर्दछन् भने बालबालिकाहरुले पनि यसलाई साथ दिदै जात्रामा थप उर्जा दिने गर्दछन् । विगतमा सदरमुकाममा मात्र मनाईने यो जात्रा अहिले माथेल्लेडुंगेश्वर, चुप्रा, दुल्लु, नौमुले लगाएतका ठाउँमा समेत मनाइने गरिन्छ । विहिबार सदरमुकाममा निकालिएको मेलामा सदरमुकाम आसपासका क्षेत्रका सर्बसाधारणले यसको अवलोकन गरेका थिए ।
भगवती क्लब र न्यू ज्वाला क्लबले यस वर्षको गाठेमंगल जात्रा taktukeनिकालेका थिए । परम्परालाई लोप हुन नदिन जात्रालाई थप आकर्षक बनाउदै लैजाने न्यू ज्वाला क्लबका अध्यक्ष विसाल सुनारले जानकारी दिए । नेवार समुदायको मेला भए पनि दैलेखमा भने यस मेलाले सबैको साझाँ मेलाका रुपमा पहिचान बनाए अध्यक्ष सुनारले जानकारी दिए । गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिन देखि शुरु हुने यस मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, बाग जात्रा र कृष्ण जन्माञ्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारे पछि यो जात्रा सकिन्छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*