उन्नत प्रविधी र विउविजनले किसान उत्साहित

२ भदौ, दैलेख । वागवानी अनुसंधान केन्द्र दैलेखले आधुनिक कृषि प्रविधी र उन्नत विउविजन उपलव्ध गराएपछि किसानहरुमा उत्साह देखिएको छ ।
परम्परागत रुपमा कृषि गर्दै आईरहेका किसानहरुले पछिल्लो समय केन्द्रको सहयोगमा आधुनिक कृषि प्रविधीको उपयोग गरी उन्नत विउबाट राम्रो उत्पादन गरेपछि उत्साहित देखिएका हुन् । थोरै जग्गामा परम्परागत रुपमा खेती गर्दा कम उत्पादनका कारण हातमुख जोर्न bagbaniसमेत समस्या वेहोरेका किसानहरु आजभोली आफ्नो छाक टारेर पनि अन्यत्र समेत विक्रीवितरण गरी आर्थिक आम्दानी समेत गर्न थालेका छन् । वराह गाविस–५ सालतडाका अगुवा किसान तेजवहादुर थापाले कृषिका लागि आवश्यक ज्ञान र शिप नहुदा जति दुख गरेपनि छाक टार्न गाह्रो भएको अवस्थामा केन्द्रले दिएको प्रविधी,ज्ञान र उन्नत विउले जिवन परिवर्तन भएको वताए । सोही ठाउका ललिता पुनले अन्नवाली,तरकारी खेतीमा अनुसंधान केन्द्रले प्रविधी विकासमा सहयोग पुर्याएपछि जिविकोपार्जनमा सहजता ल्याएको वताईन् ।
अनुसंधान केन्द्रका प्राविधिक अधिकृत शशीराम शर्माले कृषि प्रविधीमा नया नया विकास भैसकेको र ति विकासक्रमलाई किसानले अपनाउन सके किसानको मेहनत खेर नजाने वताए । प्राविधिक अधिकृत शर्माले किसानहरुलाई केन्द्रले झारनाशक औषधी,कृषि प्रविधी र रोग निवारक किटनाशक औषधी उपलव्ध गराउदै आईरहेको पनि जानकारी दिए । उनले अहिले शुन्य खनजोतको तरीकावाट वाली लगाउने प्रविधीको विकास भएको वताउदै अव किसानहरुले वाली लगाउदा धेरै दुख वेहोर्नु नपर्ने पनि स्पष्ट पारे । वागवानी अनुसंधान केन्द्र दैलेखले अहिले कालभैरव गाविस र वराह गाविसमा विभिन्न स्थानमा विभिन्न जातका धानहरुको किसानहरुको प्रत्यक्ष सहभागितामा परिक्षण गर्दै आएको छ । परीक्षण गरीएका धानको विउ लगाउने समयदेखि खाने वेलासम्म अनुसंधान गरी किसानले रुचाएको धानलाई नै सिफारीस गर्ने तरीका अवलम्वन गरीएको अनुसंधान केन्द्रले जनाएको छ । अहिले डाडापराजुल,अवलपराजुल,वराह,सेरी,मालिका,गौरी लगायतका गाविसका किसानहरुको सहजताका लागि माथिल्लो डुंगेश्वर वजारमा वाह्य अनुसंधान स्थल स्थापना गरी सेवा प्रदान गर्दै आईरहेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*