पुनःसंरचनाका विषयमा छलफल गर्न काग्रेसले बोलायो जिल्ला सभापतिहरुको भेला

काठमाडौं ।  कांग्रेसले स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला बोलाएको छ । राजनीतिक दल र नेताहरु स्थानीय निकायको पुनः संरचना सम्बन्धी फरक फरक धारण बाहिर ल्याइरहेका बेला संसद भित्रको ठूलो दल कांग्रेसले त्यस विषयमा आफ्नो आधिकारिक धारणा तय गर्न केन्द्रीय समिति र सभापतिहरुको दुई दिने भेला बोलाएको हो ।nk

गत साता प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकले स्थानीय निकायका विषयमा कायम विवाद समाधानका लागि १५ दिनको समय तय गरेको थियो । पार्टीहरुले आ आफ्नो धारणा बनाएर थप छलफल गर्ने बैठकको निष्कर्ष थियो ।

स्थानीय तह पुनः संरचना आयोगले ७५ जिल्लामा ५ सय ६५ स्थानीय निकायको प्रस्ताव गरेपछि त्यसमा दलहरुको फरक फरक धारणा आएको छ । अधिकांशले त्यो संख्याप्रति चित्त बुझाएका छैनन् ।

नेताहरुले जनताले सहज सुविधा पाउने गरी संख्या बढाउनुपर्ने सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छन् । सत्तारुढ दलकै कतिपय सांसदले आयोग विघटनकै माग संसदमा उठाएका छन् । मधेसी दलहरु पहाड र तराईमा समान जसंख्यका हिसाबमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग गर्दै आयोगद्वारा प्रस्तावित मापदण्ड र संख्याको बिरोधमा उत्रिएका छन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भाद्र ५ र ६ गते दुई दिन चल्ने अन्तक्रिर्याको सभापति शेरबहादुर देउवाले उदघाटन गर्नेछन् । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सीमान निर्धारणका विषयमा अन्तक्रिर्या केन्दि्रत रहने उनले जनाए .

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*