सिसी क्यामराबाट निगरानी गरिदै दैलेख सदरमुकाम

यज्ञराज थापा
५ भदौ, दैलेख । समाज बढ्दो बिकृती,विसंगती र अपराधलाई नियन्त्रण गर्न प्रहरीले दैलेख सदरमुकामका चौक चौकमा सिसी क्यामरा जडान गर्न लागेको छ । अव दैलेख सदरमुकाम विद्युतीय सिसि क्यामेराको निगरानीमा रहने भएको छ ।
दैलेख सदरमुकामका १० वटा स्थानमा एक हप्ताभित्र जडान गरीने सिसि क्यामराका लागि उद्योग व।ाणिज्य संघ दैलेखले सहयोग पुर्याएको वुझिएको छ । जिल्लामा चोरी, अपराध र विकृतीका घटना बढे सँगै त्यस्ता घटना न्यूनिकरण गर्न सिसि क्यामरा जडानको तयारी गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरबहादुर ओलीले जानकारी दिए । जिल्लामा आउने वित्तिकै आफुले प्राथमिकतामा राखेको योजना जिल्लाबाट सरुवा भएर जादै गर्दा पुरा गरेर जान लागेको भन्दै प्रहरी प्रमुख ओलीले त्यस कार्यमा सहयोग पुर्याउने उद्योगबाणिष्य सँघ लगायतका संस्थाहरुलाई धन्यवाद दिएका छन् । पछिल्लो समय अपराधका घटनाहरु वढेसंगै अनुसंधान र नियन्त्रणमा सहजता ल्याउन प्रहरीले सिसि टिभि क्यामरा राख्ने प्रकृया शुरु गरेको उनको भनाई रहेको छ । जिल्ला सदरमुकामको संवेदनशिल ठानिएका स्थानलाई केन्द्र मानेर करीव १४ लाख रकम खर्च गरी सिसि टिभि क्यामेरा राख्ने प्रकृया शुरु गरिएको हो । वढ्दो शहरीकरण र जनसंख्याको चापसँगै सदरमुकामको लोकतान्त्रिक चौक, देबकोटा चौक, एनएमबी बैक चौक, गणेश चौक, बसपार्क, डेकेन्द्र चौक, भगवती टोल, दुईखम्बा ठालुडाँडा, चुप्राबजार र रानीमत्तामा सिसि क्यामरा जडान गरी जिल्ला प्रहरी कार्यालयवाट निगरानी गरीने वुझिएको छ । ति अत्याधुनिक खालका सिसि क्यामरा हाल भैरहवाको भन्सार नाका, डन्डा चेकपोष्ट,सुनौली देखि भैरहवा सडकका मुख्य चोकमा जडान गरीएको र सो क्यामरा अत्याधुनिक प्रविधि सहितको नाईटभिजन र ४ सय मिटर सम्मको गतिविधि जुम गरेर हेर्न मिल्ने रहेकोे जिल्ला प्रहरी प्रमुख ओलीले वताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्योग बाणिज्य संघ दैलेखले २ वटा , जिल्ला विकास समितीले १ वटा , निर्माण ब्यवसायी संघले १ वटा , सुनचादी ब्यवसायी संघले १ वटा , नारायण नगरपालीका कार्यालयले १ वटा, बन उपभोक्ता महासंघले १ वटा , सामाजीक सेवा केन्द्र नेपालले १ वटा, एभरेष्ट क्लबले १ वटा, गैरसरकारी संस्था महासंघले १ वटा गरी १० वटा सिसी टिभी क्यामरा खरीद गर्न सहयोग गरेका छन् । खरीद गरीने ति सिसि क्यामरा जडान कार्यमा एभरेष्ट कम्प्यूटर्स ट्रेड एण्ड सप्लायर्स दैलेखले निशुल्क प्राविधिक गर्ने वुझिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*