‘अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागि’–प्रधानमन्त्री

५ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष सुशासन, समृद्धि र विकास कालागि हुनुपर्ने बताएका छन् ।
आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । parप्रधानमन्त्रीले भने, ‘ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो । अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन ।’
भेटमा प्रधानमन्त्रीले ‘मधेश–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पूनर्निर्माणको दिशामा देशलाई डो¥याउनु आफ्नो प्राथमिकता भएको’ बताए ।
चन्द्र ढकालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*