आज दैलेख सदरमुकाम बन्द

वैशाख १२, दैलेख / आज दैलेख सदरमुकाम पुर्णरुपमा बन्द गरिएको छ । दैलेख उद्योग वाणिज्य संघ दैलेखको आह्वानमा दैलेख बजार बन्द गरिएको हो ।

नारायण नगरपालिकाले नगर क्षेत्र भित्र फोहोर व्यवस्थापन नगरेको र नगपालिकालाई फोहोर व्यवस्थापन गर्न साङ्केतिक आन्दोलन गरिरहेका व्यापारीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै दैलेखमा हिजो साँझ नाराजुलुस पनि गरिएको थियो ।

उद्योग बाणिज्य संघ दैलेख अध्यक्ष दानबहादुर थापाले नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता नजनाएसम्म दैलेख बजार पुर्णरुपमा बन्द गरिने बताउनु भएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*