मंगलबार देखि दैलेख सीसी क्यामराको निगरानीमा

१३ भदौ– दैलेख सदरमुकाममा लगाएत अन्य स्थानमा अपराधिक गतिविधि न्यूनिकरण तथा निगरानी वढाउन सदरमुकाम लगाएत आसपासमा सोमबार सीसी क्यामरा जडान गरिएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) IMG_7184माधवप्रसाद नेपालले सीसी क्यामरा उद्घघाटन गरेका छन् । उद्योग वाणिज्य संघ दैलेख र प्रहरीको सहकार्यमा दैलेख बजारका गणेश चौक,एनएमवी वैंक चौक,डेकेन्द्र चौक,देवकोटा चौक, लोकतान्त्रिक चोक, चुप्रा वजार, डुंगेश्वर वजार र रानीमत्ता चेक पोष्टमा सीसी क्यामरा जडान गरिएको छ । विद्युतीय निगरानी सेवाको उद्घाटन गर्दै डिआईजी नेपालले अपराध नियन्त्रण गर्न यो सेवाले महत्वपूर्ण सहयोग पु¥याउने बताए । उनले सीसीटीभी जडानसंगै यसको संरक्षण र उपयोग अझ महत्वपुर्ण रहेको बताए । उनले ‘नागरिक समाज, राजनैतिक दल र प्रहरीबीच सहकार्य शुरुवात भएको संकेत गर्दै अहिलेको अवस्थामा प्रहरी एक्लैले काम गर्न नसक्ने भएकाले नागरिक समाजसँग सहकार्य अपरिहार्य रहेको बताए ।
अपराध अनुसंधान र शान्ति सुरक्षाका सन्दर्भमा डिआईजी नेपालले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिई आएका डिएसपी केदार रजौरेले IMG_7219जिल्लाका सरोकारवाला निकायसंग सहकार्य गर्न सके मात्र राम्रो काम गर्न सक्ने वताएका थिए । डिआईजी नेपालले डिएसपी रजौरे सक्षम प्रहरी अधिकृत रहेको र उनले यस क्षेत्रमा लागु औषधका कारण अपराध वढेको वताउदै लागु औषध नियन्त्रणमा नागरीक समाजसंग हातेमालो गरी अभियान संचालन गर्न डिएसपी रजौरेलाई निर्देशन समेत दिए । भारतीय सीमावर्ती बजार नेपालगञ्ज हुँदै मध्यपश्चिममा लागुऔषध भित्रिने गरेको र मध्यपश्चिम प्रहरीले हालका दिनमा लागुऔषधविरुद्ध अभियान लाई प्राथमिकतामा राखेको उनले स्पष्टोक्ति प्रकट गरेका थिए । कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पछिल्लो समय दैलेखमा स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलहरुबीच आपसी सहकार्यको संस्कारमा सुधार भई अपराध न्यूनिकरण भएको वताएका थिए । उनले राजनीतिक दल र प्रहरीबीच सहकार्य हुनसके मात्र अपराधविहिन समाज निर्माण गर्न सकिनेमा जोड दिएका थिए ।
जिल्ला सदरमुकामको संवेदनशिल ठानिएका स्थानलाई केन्द्र मानेर करीव १४ लाख रकम खर्च गरी सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । वढ्दो शहरीकरण र जनसंख्याको चापसँगै सदरमुकाम लगायत चुप्राबजार र रानीमत्तामा सीसी क्यामरावाट जडान गरीएसंगै अव दिनहू ति क्षेत्रमा हुने गतिविधीको जिल्ला प्रहरी कार्यालयवाट निगरानी गरीनेछ । अत्याधुनिक प्रविधि सहितको ति सिसि क्यामरावाट नाईटभिजन र ४ सय मिटर सम्मको गतिविधि जुम गरेर हेर्न मिल्ने रहेकोे जिल्ला प्रहरी कार्यालय दैलेखको दावी छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उद्योग बाणिज्य संघ दैलेखले २ वटा , जिल्ला विकास समितीले १ वटा , निर्माण ब्यवसायी संघले १ वटा , सुनचादी ब्यवसायी संघले १ वटा , नारायण नगरपालीका कार्यालयले १ वटा, बन उपभोक्ता महासंघले १ वटा , सामाजीक सेवा केन्द्र नेपालले १ वटा, एभरेष्ट क्लबले १ वटा, गैरसरकारी संस्था महासंघले १ वटा गरी १० वटा सीसीक्यामरा खरीद गर्न सहयोग गरेको वुझिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*