मप स्ववियू निर्वाचनमा नेविसंघका शाही विजयी

१३ भदौ, सुर्खेत । आईतवार भएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संधका झक्क शाही जियी भएका छन् ।
मत परिणम अनुसार शाहीको टिमले सचिब बाहेकका सबै पदमा विजयी हाशिल गर्दै विश्वविद्यालयमा आफ्नो वर्जश्व कायम गरेकोक छ । अध्यक्ष शाहीले ५०४ मत प्राप्त गरि विजयी भएका हुन् । त्यसै गरि सचिबम अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनका भरत shaiशाही विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४६४ र अनेरास्ववियुका प्रभात पोखरेलले ३९२ मत ल्याएर पराजित भएका छन् । सचिवमा अनेरास्ववियुका भरतबहादुर शाहीले ५३३ मत ल्याएर निर्वा्चित भएका छन् । उनका प्रतिद्धन्द्धी नेविसंघका सन्तोषकुमार उपाध्याय४७६ र अखिल क्रान्तिकारीका रवि केसीले २९८ मत ल्याएर पराजित भएका छन् ।
यस्तै, कोषाध्यक्षमा नेविसंघका सुशील भट्टराईले ५६२ मत ल्याएर विजयी भएका छन् । तर अखिल क्रान्तिकारीका जानकी रेग्मीले ३४१ र अनेरास्ववियुका अनु आँकुराले ४२० मत ल्याएर पराजित भएकी छन् । सदस्य भने नेविसंघको वर्चश्व कायम रह्यो । सदस्यहरुमा निशान्त खत्रीले ५०८ ,दिपकराज विसीले ५१२, हरीबहादुर bharatथापाले ५३८, वर्षा केसीले ५९८, पुरुषोत्तम जैसीले ४७०, विश्वराज भट्टराईले ४७९ र धिरेन्द्र हमालले ४९९ मत ल्याएर निर्वा्चित भएका छन् ।
प्रत्यक्षतर्फ १० पदका लागि ८ विद्यार्थी संघ संगठनका ६९ जना चुनावी मैदानमा थिए । स्ववियु निर्वाचनमा एक हजार ४८० मत खसेको थियो ।

 

 

 

 

 
पाँच संगठनद्धारा निर्वाचन बहिष्कार
निर्वाचनमा धादली भएको भन्दै विभिन्न पाँच विद्यार्थी संगठनले निर्वाचन बहिस्कार गरेका छन् । निर्वाचनमा कुल खसेको मत भन्दा एक सय मत बढी देखिएको भन्दै तत्काल छनविनको माग गर्दै संयुक्त विज्ञप्ती जारी गर्दै बहिस्कार गरेको जनाएका हुन् । हस्ताक्षर गर्नेमा अध्यक्षका उम्मेद्धारहरु अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनका प्रभात पोखरेल, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनका राजेन्द्र बुढा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका भरतप्रसाद दाहल, राष्टिय प्रजातान्त्र विद्यार्थी संघका आदित्यराज उपाध्याय र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी संघ(छैटौ) का शिल्पा रावल रहेका छन् । पाँचै विदार्थी संठनका अध्यक्षका प्रत्याशिहरुले निर्वाचन आयोग समक्ष छानविनको माग गर्दै उजुरी दिएका हुन् ।
अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले निर्वाचनमा १४ सय ८० मत खसे पनि गणना गर्दा मतपेटिकाभित्र १५ सय ८० मत पाइएकाले गणना रोकिएको बताए । उनले भने, ‘टोटल खसेको भन्दा एक सय बढी मत पाइएपछि थाहा भयो की चुनावमा धाँधली गरिएको छ । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियनका सचिवालय सदस्य कल्पना थापाले पनि विश्व विद्यालय प्रशासनले फर्जी मत हाल्न लगाएकोे भन्दै निष्पक्ष छानविन हुनु पर्ने जानकारी दिईन ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*