कार्यकाल भित्र १८ वटा जहाज किन्ने पर्यटन मन्त्रीका गुरूयोजना

१६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन् ।

बिहीबार एक साक्षात्कारमा बोल्दै मन्त्री शाहीले भने,‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता छ, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५÷६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु, यसमा पत्रकारहरुको साथ र सहयोग चाहिन्छ, विमान किन्न म पछि हट्दिन् ।’
मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका हुन् । उनले भने,‘विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन थियो, अब त्यो नहोस भन्ने म चाहन्छुृ, यसमा सबैको सहयोग चाहिन्छ, पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ ।’
उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं ।” उनले हाल वर्षमा ५०÷६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामुलक र विदेशी उडानलाई डलर आम्दानी गर्ने व्यवसायिक माध्यमको रुपमा विकास गरेमात्र पर्यटनको विकासबाट मुलुक समृद्ध हुने स्पष्ट पारे ।
उनले पोखरा, निजगढ, भैरहवा लगायतका विमानस्थल निर्माण गर्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भन्दै कुन ठाउँमा के कति काम भैरहेको छ भनेर मुल्यांकन गर्नको लागि दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न निर्देशन दिएको जनाए । त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्नो कार्यकालमा नेपालको हवाई उड्डयन क्षेत्रलाई ब्याकलिष्टबाट हटाउने विश्वास व्यक्त गरे । उनले भने,‘व्ल्याकलिष्टबाट हटाएर नेपाली उड्डयन क्षेत्र पनि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छु, यसमा साथ सहयोग आवश्यक छ, केही दिनभित्रै नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित भएको प्रमाणित गर्छु र व्ल्याकलिष्टबाट हटाआएर अन्र्तराष्ट्रिय क्षेत्रमा विश्वसनीयता बढाउँछु ।’

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*