कला साहित्य उत्थान प्रतिष्ठान नेपालको अध्यक्षमा पुनः देवकोटा

१६ भदौ दैलेख । कला साहित्य उत्थान प्रतिष्ठानको प्रथम साधारण सभाले पुन अध्यक्षमा कृष्ण देवकोटालाई सर्बसम्मत निर्वाचित गरेको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी प्रगतीशिल लेखक संघका केन्द्रिय सदस्य मणि पोखरेल पञ्चकोशी पवित्र भुमी दैलेख विभिन्न कला, संस्कृति, धार्मिक, ऐतिहाँसिक, पुरातात्वीक र साँस्कृृतिक रुपले भरिपूर्ण हुँदाहुँदै पनि प्रसारप्रचारको अभावमा ओझेलमा परिरहेको बताए । पोखरेलले उर्जाशिल साहित्यकारहरुले आ आफ्नो ठाउँबाट कला र साहित्यको माध्यामबाट विश्वसामु चिनाउन सक्नुपर्ने बताएका थिए । मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीले दैलेख जिल्लामा केन्द्रिय कार्यालय रहने गरि स्थापीत “कला साहित्यको विकास र उत्थान–समाज परिवर्तनका लागि हाम्रो अभियान” भन्ने नारा बोकेर जन्मिएको भन्दै संस्थाले आफ्नो उद्देश्यमा दृढतापुर्वक लाग्नुपर्ने सुझब दिए । उनले देश तथा विदेशमा समेत आफ्नो शाखा विस्तार गर्नतर्फ ध्यान दिन सुझाव दिएका थिए ।
साधारण सभाबाट पुनः यूवा गजलकार कृष्ण देवकोटा (भावुक) को अध्यक्षतामा एक सदस्य रिक्त रहनेगरि ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा दैलेखी साहित्यकार तथा कलाकार प्रकाशकुमार आचार्य, महासचिवमा हाँस्यकलाकार तिर्थ भण्डारी, सचिबमा गजलकार शंकरकिशोर अभय, कोषाध्यक्षमा महिला साहित्यकार अम्बीका भट्टराई चयन हुनुभएको छ भने सदस्यहरुमा कविराज खत्री, भिम सिजापती र मणिकुमार रिमाल सर्बसम्मत निर्वाचित भएका छन् । साधारण सभाले सुरेन्द्र अधिकारीका संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा गुणनिधी आचार्य, नरेन्द्र उपाध्याय, भक्त थापा र देवेन्द्र थापा रहेका छन् ।
त्यसैगरी १५१ औँ जन्मजयन्तीको अवसरमा गमौडीकी श्रष्टा गोमा पुरीको गजल संग्रह “चाहना” विमोचन कार्यक्रम पनि गरेको छ । विमोचन कार्यक्रममा दैलेखस्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले सुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा चर्चित लोक गाएक तथा मोडेल लोकेन्द्र जि सी कुमारको सांगितीक प्रस्तुती, साहित्यकारहरु र कलाकारहरुको प्रस्तुतिले कार्यक्रम निकै रोचन बनेको थियो

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*