जिएमआरले वित्तीय ब्यावस्थापन गर्न सेकन, सरकार भने सशर्त म्याद थप्दै

१७ भदौ, दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले सम्झौता अनुसारको समयावधीमा लगानीको स्रोत जुटाउने नसकेको बुझएको छ ।
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरले सम्झौताअनुसार तोकिएको PPERअवधिभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि एक वर्ष थप समय माग गरेको छ । लगानी कर्ता कम्पनीले स्थानीयलाई गुमराहमा राखेर अगाडी बढेको आरोप लगाईरहेका बेला सरकारले पुन प्रवद्र्धक कम्पनीलाई नै म्यादथप गर्ने तयारी गरिरहेको बुझिएको छ । माथेल्लो कर्णाली आयोजनाका विषयमा स्थानीय नै अन्योलमा परिरहेका बेला सरकारको यस्तो तयारीको प्रभावीत क्षेत्रका बासिन्दाले विरोध गरेका छन् ।
लगानी बोर्डले माथिल्लो कर्णाली आयोजनाको प्रवद्र्धक जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले निर्धारित समयमा लगानी जुटाउन नसकेपछि समय थप्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा म्याद थपको विषयमा छलफल हुने भएको छ । ‘जीएमआरले एक वर्ष समय मागेको छ, सयम कति थप्ने भन्ने विषयमा बोर्डले नै टुंगो लगाउनेछ,’ बोर्ड स्रोतले भन्यो ‘सशर्त म्याद थप हुनेछ ।’ लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता (पीडीए) मा भदौभित्र आयोजना निर्माणका लागि लगानी जुटाइसक्नुपर्ने छ । यदि निर्धारित समयमा लगानी जुटाउन नसके प्रवद्र्धकको आग्रहमा एक वर्षसम्म म्याद थप्न सक्ने प्रावधानअनुसार बोर्डले म्याद थपको तयारी गरेको हो । जीएमआरले ६ महिनाअघि नै म्याद थपका लागि बोर्डमा प्रस्ताव गरेको थियो । प्रवद्र्धकले लगानी जुटाउन नसकेपछि आयोजनाको काममा ढिलाइ हुने भएको छ । जीएमआरले आयोजना आगामी सन् २०२१ को अन्त्यमा सम्पन्न गरी सन् २०४६ मा सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । उसले निर्धारित समयमा लगानी जुटाउन नसकेकाले आगामी ५ वर्षमा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना सम्पन्न नहुने सम्भावना बढेको छ ।
जीएमआर आर्थिक संकटमा फसेपछि आयोजनालाई लगानी जुटाउन नसकेको स्रोतको भनाइ छ । ‘उसले आधा दर्जन अन्तराष्ट्रिय बैंक kaarnaliतथा वित्तीय संस्थाले लगानी गर्ने भनेपनि हालसम्म उनीहरुबाट आशयपत्रबाहेक ऋण सम्झौताको अवस्थामा पुगेको छैन’ स्रोतले भन्यो । कुल १ खर्ब ३९ अर्ब रुपैयाँमध्ये विभिन्न अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले १ खर्ब १० अर्ब रुपैयाँसम्म लगानीको आशयपत्र दिएका छन् । हाल ९ अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले आयोजनाको सम्पत्तिको दायित्व मूल्यांकन (डीडीए) गरिसकेका छन् । आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी), एसियाली विकास बैंक (एडीबी) युरोपियन इन्भेष्टमेन्ट बैंक (ईआईबी), जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) जर्मन विकास बैंक (केएफडब्ल्यु) सीडीसीलगायत ९ बैंक तथा वित्तीय संस्थाले लगानीका लागि आशयपत्र दिएका छन् । लगानी व्यवस्थापन नगरेपनि जीएमआरले आयोजनाको विभिन्न लटको काम सुरु गर्न अन्तराष्ट्रिय ठेकेदार कम्पनीबाट आशयपत्र मागिसकेको छ । उसले सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, कार्यालय, आवास, आयोजनाको डिजाइन तयारी र इन्जिनियरिङ कामका लागि अन्तराष्ट्रिय ठेकेदार कम्पनीबाट आशयपत्र मागेको छ । उसले आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक (इपीसी) प्रारूपमा निर्माण गर्न दुई लटमा अन्तराष्ट्रिय ठेकेदारबाट आशयपत्र मागेको हो ।
जसअनुसार लट एकमा आयोजनाको सिभिल, हाइडूोमेकानिकल, आयोजनास्थलमा आवश्यक आवासलगायत पूर्वाधार, योजना, प्रारूप र इन्जिनियरिङ काम गर्ने भनेको छ । यस्तै लट दुईमा आयोजनाको इलेक्ट्रोमेकानिकल कामका लागि प्रस्ताव आह्वान गरेको छ । जीएमआरले आयोजना बनाउन नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा जीएमआर अपरकर्णाली हाइडूोपावर लिमिटेड होल्डिङ्स कम्पनी गठन गरिसकेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*