छापामार शैलीमा प्रहरीले पूर्वराजा विरेन्द्रको शालिक हटायो

१७ भदौ, नेपालगंज । नेपालगञ्ज, १७ भदौ(बिहिबार नेपालगन्जको धम्बोझी चोकमा राष्ट्रवादी युवाहरूको समूहले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले छापामार शैलीमा राती हटाएको छ । प्रहरीले साढे २ बजे राति सो शालिक हटाएको छ। पूर्वराजा विरेन्द्रको शालिक हटाएर उक्त स्थानमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

शालिक हटाउन अवरोध गर्ने राष्ट्रवादी युवा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय झन्डा फेर्ने भनेर प्रहरीलाई झुक्काएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सर्मथक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए। सो भन्दा पहिला पनि सो स्थानमा नेपालको झण्डा नै राखिएको थियो ।
राष्ट्रवादी युवा समूहले पूर्वराजाको शालिक राखेपछि बिहिबार प्रहरी र युवाहरुबिच झडपमा केही राजावादी युवाहरु घाइते समेत भएका थिए ।
सो चोकमा अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ। राजाको शालिक हटाएको र आफ्ना १० जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्ररणमा लिएको घटनाको राप्रपा नेपाल नेपालगन्जले विरोध गरेको छ । प्रहरीेले बिहानै देखि सो स्थानको सुरक्षा व्यवस्था कडा पारेको छ । यनेपालगञ्जमा रहेको अन्य मूर्तिहरुमा समेत आक्रम हुन सक्ने भन्दै प्रहरीले सो क्षेत्रमा रहेका अन्य चोकहरुमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
प्रशासनले भने नेपाल सरकारको निर्णय बिना कुनै पनि व्यक्ति एवं दलले सो स्थानमा शालिक राख्न नमिल्ने बताएको छ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*