विकास कोषले पशुपतिमा सःशुल्क दर्शनको व्यवस्था अन्त्य ग¥यो

 १७ भदौ ,काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ । 

Pashupati-templeमन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिए । अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउँदै महिला समुदायलाई त्यस दिन गरगहना नलगाउन आग्रह गरे ।

– See more at: http://www.khabarera.com/flash-news/15085#sthash.k2ycn9AR.dpuf

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*