महिलालाई हौसला प्रदान गर्न सिडियो नै छमछमी नाचे

१८ भदौ, दैलेख । अन्तरपार्टी महिला संजाल दैलेखको आयोजनामा स्थानीय टुडिखेलमा तीज गित प्रतियोगीतामा महिलालाई हौसला दिन प्रमख जिल्ला अधिकारी छमछमी नाचेका छन् ।
हिन्दु महिलाहरुको पर्व तिजका अवसरमा अन्तर पार्टी महिला सञ्जारले आयोजना गरेको तीज विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री छमछमी नाच्दा कयक्रममा सहभागी उत्साहित हुदै साथ दिएका थिए । हरितालिका तीजको अवसर पारेर यस्ता कार्यक्रमहरु आगामी दिन गाउँमा गर्न सके महलिाहरुको शसक्तिकरण हुने कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । राज्यका हरेक संरचनामा महिलाहरुको अर्थपूण सहभागिताका लागि संविधानले व्यवस्था गरेको छ, कार्यान्वायनमा केही अझै पनि चुनौती छन् यसका लागि महिलाहरु ससक्त भएर लाग्न आबस्यक रहेको प्रजिअ क्षेत्रीले बताए । कार्यक्रमको अध्यक्षता cdoअन्तरपार्टी महिला संजालकी अध्यक्ष मनमाया प्याकुरेलले गरेकी थिइन् भने संचालन पार्वती विसुन्केले गरेकी थिइन् । त्यसै गरि अन्तरपार्टी महिला संजालमा सहभागी नभएको राप्रपा नेपाल निकट राष्टिय प्रजातान्त्रिक महिला संगठन नगर कार्य समितिले पनि आफ्नै पार्टी कार्यालयमा छुट्टै तीज उत्सव मनाएको छ । दिन भरको उत्सवमा पार्टी सम्वद्ध महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
स्वास्थ्य र सरसफाइ सम्वन्धी शन्देश फैलाउने उदेश्येले तीज उत्सवमा आयोजना गरिएको प्रतियोगितामा नारायण महिला यूवा समुहले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने काडाचौर महिला यूवा समुह दास्रो भएको छ । प्रतियोगितामा पाँचवटा महिला समुहहरुले भाग लिएका थिए । हरेक वर्षको हरितालिका तीजको अवसरमा अन्तरपाटी महिला संजालले यस्तो प्रतियोगित गर्दै आएको छ ।उत्सवमा सहभागी महिलाहरुले सुख दुखका गितहरु भन्दा पनि राजनीतिक ससक्तिकरणका गितहरु गाएर नाचगान गरेका थिए । पार्टी महिला संगठनमा आबद्ध दिदिबहीनीहरुलाई एकै ठाउँमा जम्घट गराएर दर खाने कार्यक्रम अनुरुप उत्सव आयोजना गरिएको राष्टिय प्रजातान्त्रीक महिला संगठन नगर कार्यसमिति की अध्यक्ष पुजा थापाले बताइन्

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*